साहित्यकार पाख्रिबासे कान्छा र प्याब्सन अध्यक्ष पुरीलाई सम्मान - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

साहित्यकार पाख्रिबासे कान्छा र प्याब्सन अध्यक्ष पुरीलाई सम्मान

साइनो समचारदाता

विराटनगर । ‘पाख्रिवासे कान्छो’ भनेर चिनिएका चर्चित साहित्यकार ताराबहादुर बुढाथोकी र प्याब्सनका केन्द्रीय अध्यक्ष तथा एभरेष्ट बोर्डिङ विराटनगरका सञ्चालक टिकाराम पुरीलाई मंगलबार विराटनगरमा सम्मान गरिएको छ ।

प्रगतिशिल लेखक संघ नेपालले एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरेको हो । संघका केन्द्रीय सदस्य मधु पोखरेलले खादा ओढाएर बुढाथोकी र पुरीलाई सम्मान गर्दै सफलताको शुभकामना दिए । साहित्यकार बुढाथोकी संखुवासभाको खाँदबारीस्थित बरुण बहुमुखी क्याम्पसका उपप्राध्यापक र संघको केन्द्रीय पार्षद् हुन् । उनी राष्ट्रपतिबाट प्रदान गरिने जनसेवा श्री पाँचौंबाट पनि यस वर्ष विभूषित भइसकेका छन् ।

कार्यक्रममा नेपाली साहित्य क्षेत्रमा बुढाथोकीले र निजी विद्यालयको विकासमा पुरीले पु¥याएको योगदानको चर्चा गरिएको थियो । साहित्कार एवं प्राध्यापक देवी पन्थी, शिवनारायण पण्डित ‘सिंगल’, बुद्धिजिवी दिनेश श्रेष्ठ, नागरिक अगुवा रामबाबु दाहाल लगायतले बुढाथोकी जस्तै स्रष्टाका कारण नेपाली साहित्य क्षेत्रले उचाई लिएको बताए । उनीहरुले पुरीले निजी विद्यालयको विकासमा योगदान दिएर नेपालको शैक्षिक गुणस्तर उकास्न निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए ।

सम्बन्धित खवर