विदेशमा नयाँ वर्ष - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

विदेशमा नयाँ वर्ष

साइनो समचारदाता

साइप्रस । सेफ हाउस साइप्रस सहयोगार्थ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साईप्रसले नेपाली नयाँ वर्ष अवसरमा सांगीतिक धमाका कार्यक्रम २०६७ को आयोजना गरी मनाएको छ ।

कार्यक्रममा गायक तथा संगितकार सबिन लिम्बु र नेपाली तारा ३ का 2nd Runner up  सुरेश लामालगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहको थियो । स्थानीय प्रतिभाहरू र्‍यापर आकाश तामाङ, शुष्मा ओलीले ‘आँखैमा लाउने गाजल…’, सहारा लोप्चनले ‘मलाई आँखैको…’, सुशील सुनारले ‘नेपाली झ्याउरे गीत…’, सुनी तामाङले ‘कहाँ गयो जुरेली…’, नानु गोम्जाले ‘गुरास फुल्दा…’ लुइसा तामाङले ‘मेन्दोला मेन्दोला…’, शुभद्रा शर्माले ‘लालुमै भाका…’, सुरज राना भाटले ‘ल्यंग ल्यंग नागर…’ बोलको गीतमा नृत्य गरेर दर्शकहरुलाई मनोञ्जन प्रदान गरेका थिए ।

१४ अप्रिलमा किरात याक्थुङ चुम्लुङ साइप्रस, एन आर एन ए साइप्रस, नेपाल तामाङ घेदुङ साइप्रस, चित्तवन सेवा समाज साइप्रसलगायतका संस्थाहरुले सम्मान गरेका थिए ।

नेपालबाट आमन्त्रित कलाकारहरुलाई नयाँ बर्षको शुभकामना आदानप्रदान गर्दैै सिलाम साक्मा, खादा मायाको चिनोले सम्मान गरेका हुन् ।

तस्वीरः किरात याक्थुङ चुम्लुङ साइप्रस

सम्बन्धित खवर