सभामुख भण्डारीद्वारा शुभकामना व्यक्त - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

सभामुख भण्डारीद्वारा शुभकामना व्यक्त


साइनो समचारदाता

पथरी । नयाँ वर्ष २०७६ सालको अवसरमा प्रदेश सभा, प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीले समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

लामो राजनीतिक संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरुलाई संविधान सभाबाट संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको प्रयोग गरिरहेको जनाउँदै सभामुख भण्डारीले आम जनतालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउँदै स्वर्णिम भविष्यको बाटोमा एकताबद्ध भई अगाडि बढ्नुपर्ने बताएका छन् । नयाँ वर्षले नेपालीहरु बीचको एकता अझ कसिलो बन्दै राष्ट्रको अखण्डता, राष्ट्रियता तथा विकास र समृद्धिको पक्षमा साझा लक्ष्यका साथ अगाडि बढ्ने प्रेरणा प्राप्त होस भन्दै सभामुखले शुभकामना सन्देस जारी गरेका छन् ।

सम्बन्धित खवर