प्रदेशस्तरीय नृत्य प्रतियोगिता - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

प्रदेशस्तरीय नृत्य प्रतियोगिता

साइनो समचारदाता

पथरी । नेपाली भाषी युवा समूह (पथरी शनिश्चरे मोरङ)ले प्रदेशस्तरीय नृत्य प्रतियोगिता आयोजना गरेको छ ।

आइतबार भएको सो नृत्य प्रतियोगितामा एकलतर्फ झापाको दमक डान्स सेन्टरले प्रथम स्थान हासिल ग¥यो । यस्तै दोस्रो स्थान भने पथरी शनिश्चरे देवीगन्जको चिनारी बोर्डिङ स्कुलकी जयन्ती लिम्बु भइन् । प्रथम स्थान हासिल गर्ने दमक डान्स सेन्टरले १० हजार १० रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने दोस्रो हुने जयन्ती लिम्बुले ५ हजार ५ रुपैयाँ र ट्रफी प्राप्त गरिन् । यसैगरी सामुहिक नृत्यतर्फ प्रथम सौगात डान्स सेन्टर र दोस्रो दमक डान्स सेन्टर घोषित भए ।

सम्बन्धित खवर