धनपालथान नेफिनमा चौधरी - Sainokhabar
  • शुक्रबार, बैशाख ३१, २०७८

धनपालथान नेफिनमा चौधरी


साइनो समचारदाता

धनपालथान । नेपाल आदिबासी जनजाति महासंघ(नेफिन) गाउँपालिका समन्वय परिषद् धनपालथान, मोरङको संयोजकमा दुर्गानन्द चौधरी चयन भएका छन् ।

चैत २९ गते शारदा मावि कर्सियामा भएको भेलाले चौधरीको अलबा सुर्यप्रसाद सिंहलाई सचिबको जिम्मेवारी दिइएको छ । भने सदस्यहरुमा सर्वेलाल राजबंशी, काशीनाथ चौधरी, कारु गच्छदार, भक्तिराम मण्डल छन् । भेला आयोजक समितिले बैशाख १५ गते भित्रमा नेफिनको सदस्य संगठनहरुको प्रतिनिधि भेला गरी सहजीकरण गर्दै नेफिनको गाउँपालिकास्तरीय समिति गठन गर्नेछ । भेलामा नेफिनका जिल्ला अध्यक्ष मिलनकुमार राई, सदस्यद्वय नरेशसिंह दनुवार, रमाकान्त मण्डललगायतको उपस्थिति रहेको थियो ।

धनपालथान नोचा, सोराभाग, अमाही बरियाती, दादरबैरिया र कदमाहा गाविस मिलेर बनेको गाउँपालिका हो ।

सम्बन्धित खवर