ससफो प्रदेश नं १ को अधिवेशन विराटनगरमा हुदै - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

ससफो प्रदेश नं १ को अधिवेशन विराटनगरमा हुदै

साइनो समचारदाता

इटहरी । प्रतिपक्षी संघीय समाजवादी फोरम (ससफो) नेपालको प्रदेश नं १ अधिवेशन आगामी वैशाख १५ र १६ गते विराटनगरमा हुने भएको छ ।

आइतबार इटहरी सुनसरीमा बसेको पार्टीको पाँचौ बैठकले प्रथम ऐतिहासिक एकता प्रदेश अधिवेशनको मिति र स्थान तोकेको हो । अधिवेशनमा १४ वटा जिल्लाका करिब ५ सय जना प्रतिनिधि हुनेछन् । १० वटा जिल्लाको अधिवेशन हालसम्ममा भइसकेको छ ।अधिवेशनका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । अतिथि सत्कारमा पर्शुराम बस्नेत, आर्थिक व्यवस्थापनमा केशरमान गुरुङ ,प्रचारप्रसारमा कमन देवान, प्रतिनिधि ब्यवस्थापनमा सिद्धान्त राई, स्वयंसेवक परिचालनमा बिनोद नेम्बाङ, आवास व्यवस्थापनमा प्रबिन चाम्लिङ, हल र भोजन व्यवस्थापनमा राजकुमार यादव, राजनीति एवं साङ्गठानिक प्रतिबेदनमा सनबहादुर राईलाई जिम्मा दिइएको छ । ससफोको प्रथम राष्ट्रिय महाधिवेशन आगामी वैशाख २८ गतेदेखि प्रदेश नं २ को जनकपुरमा हुँदैछ ।

सम्बन्धित खवर