बालुवाटार बेचिएको भन्दै विरोध - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

बालुवाटार बेचिएको भन्दै विरोध

साइनो समचारदाता

काठमाडौं । बालुवाटारको सरकारी जग्गा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको नाममा भएको समचार सार्वजनिक भएपछि विवेकशील साझा पार्टीले सोमबार विरोध प्रदर्शन गरेको छ ।

साझाले विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको हो । विवेकशील साझाले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा आएको, हायात र बबरमहललगायत देशभरका सरकारी जग्गामा भ्रष्ट नेता, भूमाफिया, प्रशासक र व्यापारीले आफ्नो नाममा ल्याएको भन्दै भ्रष्टाचारविरूद्ध विवेकशीलले प्रदर्शन गरेको हो । विवेकशील साझाले ‘ठूला माछा समाउ अभियान’ अन्तर्गत प्रधानमन्त्री निवास अगाडि शान्तपूर्वक प्रदर्शन गरको हो । विवेकशीलका नेता तथा कार्यकर्ताहरूले हातमा ‘भ्रष्ट नेता भूमाफिया, भ्रष्ट व्यापारी भ्रष्ट प्रशासक, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होसियार, भ्रष्टाचार कहिलेसम्म जनता सचेत नभएसम्म’ लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

सम्बन्धित खवर