आनीपान साक्षरता कार्यक्रमको उदघाटन - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

आनीपान साक्षरता कार्यक्रमको उदघाटन


साइनो समचारदाता

पथरी । अनौपचारिक आनीपान साक्षरता कार्यक्रम पथरी शनिश्चरे–७, मोरङमा सोमबारदेखि सुरु भएको छ । किरात याक्थुङ चुम्लुङ नगर शाखाको आयोजनामा भएको कार्यक्रम पथरी शनिश्चरे नगपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोलाले गरिन् ।

उदघाटन कार्यक्रममा उपप्रमुख बास्तोलाले सबै भाषा राष्ट्रिय भाषा भएकाले संघ र प्रदेशसँग नबाझिने कानुन बनाउनु नपाइने भएकाले स्थानीय तहले स्थानीय कानुन बन्न बाकी रहेको बताइन् । कार्यक्रममा वडा ७ का अध्यक्ष कोपिलमणि ढकाल, वडा सदस्य काशीहाङ्ग राई, नेपाल आदिबासी जनजाति महासंघका नगर सचिब देबेन्द्र वनेम, किरात याक्थुङ चुम्लुङका राष्ट्रिय चुम्लुङ सदस्य फिपराज बेघालगायतले शुभकामना व्यक्त गरेका छन् ।

आफ्नो भेषभूषा, भाषा, लिपी, संस्का संस्कृतिको संरक्षण तथा प्रवद्र्वन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको चुम्लुङ नगर शाखा सचिब विक्रम लिम्बु(प्रेम)ले जनाए । चन्द्रकिरातेश्वर माविका मातृभाषा शिक्षक पूर्ण चेम्जोङले सहजीकरण गर्ने कार्यक्रम महिनादिनसम्म चल्नेछ ।

सम्बन्धित खवर