सुविजीमुर मेमोरियलको २५ औं अभिभावक दिवस सम्पन्न - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

सुविजीमुर मेमोरियलको २५ औं अभिभावक दिवस सम्पन्न

सुविजीमुर मेमोरियल माध्यमिक बिध्यालयले आफ्नो २५ औ अभिभावक दिवस मनाएको छ । अभिभावक दिवसको अवसमा बिध्यालयले अभिभावक, बिध्यार्थी र शुभचिन्तक बिच नयाँ बर्षको शुभकामना आदन प्रदान गर्दै उत्कृष्ट बिध्यार्थीहरुलाई पुरस्कृत गरेको छ । बिध्यालयले गत बर्ष एस ई ई मा जिपिए फोर ल्याउने सुभम झालाई नगद २५ हजार सहित सम्मान गरेको छ ।

      
कार्यक्रमको उद्धघाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथी तथा नगर उपप्रमुख धनमाया तामाङले नगरपालिकाको पुरानो र नमुना बिध्यालयको रुपमा रहेको सुिवजिमुर बिध्यालयले देशको सेवा गर्ने गर्णधार बिध्यार्थी उत्पादन गर्न सफल भएको भन्दै शुभकामना ब्याक्त गर्नु भयो ।


नेपालमा ५ लाख रोजगारी, २० लाख बिध्यार्थी र १० हजार भन्दा बढि निजि बिध्यालय रहेको प्यब्सन मोरङ अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथी अर्जुन बस्नेतले बतनउनु भयो । निजी बिध्यालयले बिध्यार्थीको क्षमताको मापन गरि रुचि अनुरुप अगाडि बढाउन सफल रहेको बस्नेतले बताउनु भयो ।
२०५१ सालमा स्थापना भएको स्कुल नगरकै उत्कृष्ट बिध्यालय बन्न सफल भएको प्रिन्सिपल गोबिन्द कार्कीले बताए । कक्षा नर्सरी देखि १२ सम्म पढाइ हुने किताबी ज्ञानका अलाव फुटसल, फुटवल नित्य, गायन, ब्याडमिटन जस्ता गतिबिधी गर्नाले आफुहरु यो स्थान पुग्न सफल रहेको कार्कीले बताए ।

सम्बन्धित खवर