पथरीमा खुल्ला नकाउट फुटवल हुने - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

पथरीमा खुल्ला नकाउट फुटवल हुने

यलम्वर युवा क्लवको आयोजनामा मोरङ्गको पथरीमा वैशाक २ देखी नगरस्तरिय खुल्ला फुटवल प्रतियोगीता हुने भएको छ । प्रतियोगीतामा पथरीशनिश्चरे नगर भरिका ८ फुटवल क्लवको सहभागीता रहने भएको आयोजकले बताएको छ । प्रतियोगीताको विजेताले २० हजार १ सय ११ रुपयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेताले १० हजार १ सय ११ रुपयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।


प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याच घोसित गरिने छ भने फाईनल खेलमा उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट फर्डवड, उदायमान खेलाडी र सर्वकृष्ट खेलाडीलाई नगद १ हजार ५ सय रुपयाँ प्रदान गरिने आयोजकले बताएको छ । प्रतियोगिताको समापनमा नेपाली राष्ट्रिय टिममा सहभागी पथरी नगरका तिन खेलाडीलाई सम्मान गरिने भएको छ । पुर्व राष्ट्रिय खेलाडी दिपक राई, महिला फुटवलका राष्ट्रिय खेलाडी द्धय दिपा न्यौपाने र सरु सुव्वालाई समेत सम्मान गरिने भएको छ ।

सम्बन्धित खवर