१० प्रदेश आवश्यक छः चाम्लिङ - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

१० प्रदेश आवश्यक छः चाम्लिङ


साइनो समचारदाता

पथरी । संघीय समाजबादी फोरम नेपालका राजनीतिक समिति सदस्य प्रविन चाम्लिङले सात प्रदेशले सबैको भावना नसमेट्ने बताउँदै १० प्रदेश आवश्यक रहेको बताएका छन् ।

शनिबार संघीय समाजबादी फोरम नेपालको पथरी शनिश्चरे, मोरङको दोस्रो नगर अधिबेशनमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । १० प्रान्त बनाउन संविधान संशोधन गर्नुपर्ने भएकाले उनले पार्टी २ बुदे सहमति गरेर सरकारमा सहभागिता जनाएको जनाए ।नेपालीलाई नागरिकता दिनुपर्ने पक्षमा पार्टी रहेको बताउँदै विदेशी विहारीलाई नागरिकता सरकारले दिनुनहुने बताए । उनले भने, ‘पार्टी नेपालीलाई नागरिक दिनुपर्छ भन्ने पक्षमा छ । विदेशी विहारीलाई नागरिकता दिनुहुन्न । अङ्गिकृत नागरिकताको व्यवस्था हटाउनुपर्छ ।’अधिबेशनमा प्रदेश उपाध्यक्ष लोकसागर साम्बा, प्रदेश सदस्य प्रेम वनेम, जिल्ला सल्लाहकार नाराहाङ राईलगायतले सम्बोधन गरेको थिए ।

दोस्रो अधिबेशनले पर्शुराम चोङबाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत् निर्वाचित गरेको छ । समितिको सदस्यहरुमा रतन चन्द्रबंशी, अमलादेवी पासवान, बम देवान, चन्द्रकुमार तामाङ, विष्णुमाया तामाङ, खेमबहादुर राई, उस कुमार धिमाल, सावित्रा जबेगु, सुकमाया लिम्बु, देबराज राई, काजी राई, गंगाबबहादुर राई,, हस्तबहादुर लिम्बु, सञ्जु सिङ्गक, बालकुमार तामाङ, दिलकुमार तामाङ, पुरण मण्डललगायत छन् ।

सम्बन्धित खवर