सामुदायिक विद्यालमा २२ सय ७७ जनाले दिए आबेदन - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

सामुदायिक विद्यालमा २२ सय ७७ जनाले दिए आबेदन

मुकेश यादब

विराटनगर । शैक्षिक सत्र २०७६ का लागि पोखरिया माध्यमिक विद्याल विराटनगर, मोरङमा भर्ना आबेदन उत्साहजनक आएको छ । पत्रकार सम्मेलन गर्दै विद्यालका प्रधानाध्यापक खेमराज भट्टराईले विद्यालमा २ हजार २ सय ७७ जनाले आबेदन दिएको जनाएका छन् । ती मध्ये ४ सय ३ जनाले विद्यालमा पढ्ने पाउनेछन् ।

कक्षा १ देखि कक्षा ५ सम्म ४ सय विधार्थीले आवेदन दिएका छन, त्यसमध्ये जसमा १ सय २५ जना विद्यार्थीले अध्ययन गर्न पाउछन् । ६ देखि ९ कक्षासम्म १४ सय ४२ जनाले आबेदन दिएका मध्ये २ सय ३० जनाले अध्ययन गर्न पाउने बताइएको छ । प्राविधिक शिक्षा कक्षा ९ मा अध्ययन गर्नका लागि २ सय ५५ जनाले आबेदन दिएका छन् ती मध्ये ४८ जना छानिनेछन् ।

प्रवेश परीक्षा दिने क्रममा आबेदकहरु ।

सम्बन्धित खवर