पार्टी संकटमा छः कोइराला - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

पार्टी संकटमा छः कोइराला

साइनो समचारदाता

उदयपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिले चरम गुटबन्दी भइरहेका कारण पार्र्टीको भविष्य सङ्टकमा परेको बताएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन ९जिपी फाउण्डेशन०को गाइघाटमा नयाँ कार्यालय स्थापनाको अवसरमा उनले सो कुरा बताएका हुन् । पार्टीका मूल नेतृत्वकर्ताहरु नै अहिले विभिन्न गुटउपगुटमा लागेका कारण केन्द्रदेखि जिल्ला–जिल्लासम्म कांग्रेस साह्रै कमजोर बन्ने अवस्था आएको दाबी गरे । केन्द्रीय सदस्य कोइरालाले हिजो पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोहरु बिर्सेर आज कांग्रेसका केन्द्रीय नेतृत्वहरु एक्लाएक्लै हिँड्न खोज्दा पार्टी कमजोर बन्न पुगेको जिकिर गरे । नेता कोइरालाले अहिलेको जस्तो अवस्था रहिरहे आगामी दिनमा कांग्रेसको भविष्य सङ्कटमा पर्ने र देश नै अराजकतातर्फ जाने संकेत गरेका छन् ।

सम्बन्धित खवर