जिरोमा बस दुर्घटना ४ को मृत्यु - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

जिरोमा बस दुर्घटना ४ को मृत्यु


साइनो समचारदाता

धरान । धरानको जिरो पोइन्ट, सुनसरीमा सोमबार दिउसो साढे एक बजे बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्र्घटनामा ४४ जना घाइते भएका छन ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा चालक चक्र बहादुर गुरुङसहित बलबहादुर मगर, यामकुमारी मगर र सात महिने बालिका रहेको जानकारी प्रहरीले दिएको छ । बालिकाको स्पष्ट पहिचान भने खुलिनसकेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको वीपी् कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय धरानका प्रहरी प्रमुख डिएसपी सुमन तिमिल्सिनाले जानकारी दिए । बिहान ७ बजे छुटेको ना ७ प २७१३ नम्बरको बस धनकुटाको ६ नम्बर बुधबारेबाट धरानका लागि छुटेको थियो । ब्रेकफेलका कारण दुघृटना भएको बताइएको छ ।

सम्बन्धित खवर