अर्धकुम्भ मेला उद्घाटनमा दुई जगद्गुरु  - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

अर्धकुम्भ मेला उद्घाटनमा दुई जगद्गुरु 


संगम विष्ट
चतराः चतराधाममा शनिवार देखी शुरु भएका अर्धकुम्भ मेलाको उद्घाटन प्रधानमन्त्री केपी ओलीबाट हुने व्यापक प्रचार भएपनि मेघ गर्जन सहितको वर्षा उनको लागि बाधक बन्यो । उनि मात्र होइन् विशिष्ठ अतिथिको रुपमा बोलाइएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरले समेत आएनन् । प्रधानमन्त्री नआउँने भएपछि उपप्रधानमन्त्री उपेन्द्र यादब र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल सहभागी हुने तय भएको थियो । तर, अन्तिम क्षणमा उनिहरुले कार्यक्रम स्थगित गरेको जानकारी आयोजकलाई दिएको बताइएको छ । तर, अर्ध कुम्भ मेला रोकिएन । धार्मीक आस्थाका आधारमा आयोजीत कुम्भ तिथि अनुसार चैत शुक्ल प्रतिपदाको दिन शुरु हुने पूर्व घोषित तिथि अनुसार शनिवार देखी नै शुरु भएको छ । परिवर्तित कार्यक्रम अनुसार अर्धकुम्भ मेलाको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे । कुम्भ मेला नामैले हिन्दु धर्मावलम्बीरुका लागि ठूलो आस्था र विश्वासको केन्द्र हो । त्यसैले धार्मिक रुपमा नेपालमा पहिलो र दोश्रो पटक घोषित हिन्दु धर्मको जगद्गुरुहरुको उपस्थिति नै पनि पर्याप्त थियो ।
उद्घाटन समारोहमा दुवै जगद्गुरु विराजमान देखिनु अर्धकुम्भको आम श्रद्धालुहरुका लागि सुखद लागेको हुनुपर्दछ । पहिलो पटक जगदगुरु घोषित बालसन्त मोहन शरण देवाचार्य र हालै चतराधाममा सम्पन्न तारकब्रम्ह महायज्ञमा घोषित जगद्गुरु १००८ वैष्णव डा.कृष्णदास जी महाराजका बारेमा धार्मीक र राजनीतिक वृत्तमा निकै चर्चा चल्दै आएको छ । चतराधाम लाई धार्मीक तथा आध्यात्मिक विकासका लागि दुवैले एकै साथ शुरु गरेको अभियान लाई राज्य संयन्त्रले समेत साथ दिएकाले उनिहरु विच जुंगाको लडाई शुरु भएको चर्चा आम सर्वसधारणले सुन्दै आएका हुन् । पछिल्लो समय जगद्गुरु बाल सन्तव्दारा अर्धकुम्भको घोषणा र कृष्णदास जी महाराज व्दारा तारकब्रम्ह महायज्ञको आयोजनाले यस्को पुष्टि गरेको थियो । यती ठूला धार्मिक आयोजनाहरुको विचको अन्तराल एक महिना मात्र रहँदा अर्धकुम्भ प्रभावित हुनसक्ने आशंका संगै यस्लाई दुवै धर्मगूरुहरुको टकराव मानिएको हो । यस्तो अवस्थामा अर्धकुम्भको उद्घाटन समारोहमा दुवै जगद्गुरु मुख्यमन्त्री राई लाई विचमा राखेर श्रद्धालुका लागि देखापर्नु श्रद्धालुका लागि शुखद कुरा बनेको छ ।
शनिबार देखि चतराधाम सुरु भएको अर्धकुम्भ मेला नयाँ वर्ष २०७६ बैशाख २४ गते सम्म लाग्ने छ । कुम्भमेला यो चौथो पटक लागेको हो । हिन्दु धर्मावलम्बिहरुले पवित्र स्नान गर्ने पर्वको रुपमा लिने कुम्भ मेलाको उद्घाटन कुम्भ मेला मुल समितिका अध्यक्ष जगदगुरु वालसन्त मोहनशरणको सभापतित्वमा भएको थियो । मुल समिति सहासचिब प्रल्लाद भट्टराईले सञ्चालन गरेको कार्यक्रममा जगद्गुरु डा.कृष्णदास जी महाराज, प्रदेश सभाका सभामुख प्रदिप भण्डारी, प्रतिनिधि सभा सांसद जयकुमार राई, प्रदेसका मन्त्री, नगर प्रमुखहरु अतिथि थिए । भारतका बिभिन्न पिठादिसहरु पनि सहभागी थिए । सप्तकौशिकिको किनारमा लाग्ने मेलाको आयोजनाले चतरालाई हरिद्बार, प्राचीन चतराधाम, कुम्भ नगर आदि नामले परिचित बनाएको छ । त्यसैले चतराको महत्वलाई उजागर गर्न कुम्भ मेलाको ठूलो महत्व रहेको छ । नेपालमा प्रथम जगदगुरु वालसन्त मोहनशरमनले देवाचार्यले पहिलो पटक २०५९ सालमा चैत ६ देखि १ महिना महाकुम्भ मेला चतराधाममा आयोजना गरी शुरु गरेका हुन् ।
भारतको प्रयाग, नासिक, उज्जैन र हदिद्वारमा लागेको कुम्भ मैलामा सहभागी भई सकेका नेपालीका लागि चतरामा लागेको पहिलो ऐतिहासिक महाकुम्भ मेलामा लाखौ जनताको उत्साह पुर्णमा सहभागी भएका थिए । पहिलो कुम्भ मेला पति त्यस्ले निरन्तरता पाउँछ, पाउदैन भन्ने व्दिविधा चलिरहेको बेला २०६३÷०६४ मा आयोति अर्ध कुम्भ मेलाले त्यस्तो आशंका लाई समाप्त गरेको हो । वराहक्षेत्र, बिष्णुपादुका, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, रामधुनी लगायत धार्मिक स्थालहरुको महत्व लाई कुम्भले बढाएको छ । तेश्रो पटक २०७०÷०७१ मा आयोजित कुम्भ मेलाले यस्को निरन्तरता र स्थायीत्वको शुनिश्चित गरेको हो ।
वराहक्षेत्र नगरपालीका १ स्थित नेपालको कुम्भ क्षेत्र सप्तकोशीको कोकाहको किनारमा छ । धरानबाट १४ किलो मिटर र इटहरीबाट १६ किलो मिटरको दुरीमा स्थित चतराक्षेत्र हिन्दु धर्मका प्रसिद्ध ४ धाम मध्ये एक धाम हो । चतराधाममा आयोजित कुम्भ मेलामा नेपालको राज्य संयन्त्रका प्रमुखहरु राष्ट्रपती बिद्यादेवी भण्डारी, पुर्व राष्ट्रपती रामवरण यादब, पुर्व राजा ज्ञानेद्र शाह, तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइराला, पुर्व मन्त्री परिषदका अधयक्ष खिलाराज रेग्मी, सेरबहादुर देउवा, कमल थापा सहभागी भई कुम्भस्नान गरिसकेका छन् । परापुरककालमा समुन्द्रको मन्थनबाट उत्पन्न अमृतको घडामा तर जमेर बनेको अमृतको पिठ देवताहरु व्दारा महादेवमा चढाउदा महादेव प्रसंन्न हुँदा खसेको अश्रुबाट बनेको धरानको बिजयपुर स्थित रुद्राक्ष जंगलमा उक्त अमृण्ड स्थापना गरेको शास्त्रमा उल्लेख छ । त्यहि बेला देवताहरुले नजिकै बग्ने कौशिकी नदीमा वसन्तकालमा पबित्र स्नान गर्न ६÷६ वर्षमा अर्ध कुम्भ र १२÷१२ बर्षमा महाकुम्भ मेलाको आयोजना गरेको जगदगुरु बालसन्त मोहनशरण देवचार्य बताउछन् । -morningtimes daily

सम्बन्धित खवर