उर्लाबारीमा निःशुल्क स्वास्थ्य शिबिर - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

उर्लाबारीमा निःशुल्क स्वास्थ्य शिबिर

साइनो समचारदाता

उर्लाबारी । अरनिको हस्पिटल प्रा.लि. उर्लाबारी, मोरङले क्यान्सर रोग सम्बन्धि तीन दिने बृहत निःशुल्क स्वास्थ्य शिबिर हुने भएको छ ।

आइतबार सञ्चार क्लब नेपाल उर्लाबारीमा पत्रकार सम्मेलन गरी चैत्र २५, २६ र २७ गते शिविरको आयोजना हुदैछ । उर्लाबारी, पथरी शनिश्चरे, कानेपोखरी, लेटाङ, रतुवामाई र मिक्लाजुङमा कार्यरत नर्सिङ एबं पारामेडिक्सहरुलाई क्यान्सर रोग सम्बन्धी रोकथाम र क्यान्सर रोग पहिचान तथा छनौट तालिम दिइने हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिए । शिविरको उद्घाटन प्रदेश नं. १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ्गले भोलि गर्दैछन् । उर्लाबारी नगरपालिका र अरनिको हस्पिटल प्रा.लि.को संयुक्त आयोजनामा हुने शिबिरमा झापा र मोरङका ३ हजार भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको हस्पिटलका प्रबन्ध निर्देशक चिरञ्जीबी चुडालले जानकारी दिए । बीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनको प्राविधिक सहयोग शिविरको आयोजना गर्ने भएको हो ।

सम्बन्धित खवर