खेलकुदको प्रथम महाधिबेशन - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

खेलकुदको प्रथम महाधिबेशन

साइनो समचारदाता

ललितपुर । सङ्घीय खेलकुद महासङ्घ, नेपाल केन्द्रीय तदर्थ समितिको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनले निर्वतमान महासचिब नेत्रबहादुर नेम्वाङको अध्यक्षतामा ३१ सदस्यीय समिति निर्वा्चित गरेको छ । समितिको सदस्यहरुमा राजकिशोर पासवान (कराते), महेश मल्लिक (फुटबल), बैजनाथ राय (कबड्डी), रामसागर पण्डित (फुटबल), बाबुराजा महर्जन (जिम्न्यास्टिक), प्रेमकुमार नेम्वाङ, सन्तोषकुमार दास, विमलेन्द्र कुमार यादव, आङकामी शेर्पा, दिपा लिम्बू, श्यामबाबु यादव, मनोहर दाहाल, उमेश थापा (टेबलटेनिस), शेखर राई, राजेशकुमार गुप्ता, सुरेशकुमार यादव, गुणबहादुर लामा, विरेन्द्रप्रसाद चौधरी, मिलन लामा, टेकराज थापा, अभिषेक सिंह, सोनम पुजारा, सिद्धराज सोती, र जितेन्द्र यादव, सञ्जयकुमार यादव छन् ।

महाधिबेशनले खेल क्षेत्रबाट नेपाललाई अन्तर्रा्ष्ट्रिय जगत्मा चिनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै दिनेश सुनार (खोटाङ), महेश्वर महर्जन (ललितपुर), गुणराज रुचाल (ओखलढुंगा), सोनम पुजारा (कञ्चनपुर) र अजितकुमार यादव (सप्तरी)लाई खादा तथा सम्मान पत्र प्रदान गरिएको छ ।

सम्बन्धित खवर