विभेद कायमै छःउप्रधानमन्त्री यादब - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

विभेद कायमै छःउप्रधानमन्त्री यादब


मुकेश यादब

बिराटनगर । सघीय समाजवादी फोरम नेपाल विराटनगरको प्रथम अधिबेशनमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले अहिले पनि विभेद र असामनता कायमै रहेको बताएका छन् ।

शनिबार भएको उद्घाटन सत्रमा सम्बोधन गर्दै यादबले कागेस र कम्युनिष्ट गलत नीतिका कारण पछाडि परेको बताउँदै ससफो नेपाल देशको बैकल्पिक शक्तिको रुपमा उदाएको बताए । पार्टी विगतमा तीन पटक फुटेपनि अझ सक्षम हुदै गएको र सक्षम नेतृत्वको आवश्यक रहेको उद्घोष गरेका छन् । अधिबेशनले नयाँ नेतृव्व समेत निर्वाचित गर्ने बताइएको छ ।

सम्बन्धित खवर