बाँसवारीमा चट्याङले लागेर विद्यार्थीको मृत्यु - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

बाँसवारीमा चट्याङले लागेर विद्यार्थीको मृत्यु

साइनो समचारदाता

बुढीगंग । मोरङ र झापामा पानीसँगै परेको चट्याङ लागेर २ जनाको ज्यान गएको छ ।

शनिबार दिउसो मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ बाँसवारीमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । सरस्वती शिक्षा सदन बाँसबारी मोरङमा कक्षा तीनमा अध्ययनरत १० बर्षीया आराधना राजवंशीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले घर बाहिर खेलिरहेको अबस्थामा एक्कासी परेको चट्याङ लागेर मृत्यु भएको बताए ।
झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षिय प्रकाश राउतको पनि ज्यान गएको छ ।

सम्बन्धित खवर