फालेलुङमा संघीय युवा - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

फालेलुङमा संघीय युवा

साइनो समचारदाता

पान्थर । संघीय लिम्बुवान मञ्च नेपालको जनवर्गीय संगठन संघीय युवा मञ्च फालेलुङ गाउँपालिकामा मौसम केरुङको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कार्य समिति गठन भएको छ ।

फालेलुङस्थित मेमेङ मात्छेबुङमा शुक्रबार सम्पन्न भेलाले उपाध्यक्षमा बुद्ध केरुङ, निर्मला केरुङ, सचिबमा अरुण केरुङ, सहसचिवमा प्रेमकुमार केरुङ, अर्थसचिवमा आइन्द्र केरुङ र सदस्यहरुमा सागर केरुङ, निशान केरुङ, ओमसिङ केरुङ, मचिन्द्र केरुङ, पुर्ण केरुङ, बिक्रम केरुङ, किशोर केरुङ्लगायत रहेका छन । कार्यक्रममा एलभी कमान्डर कुमार यवा मौसम, गाउपालिका अध्यक्ष सुर्यमान केरुङ, उपाध्यक्ष कुमार केरुङ, युवा मञ्च जिल्ला सदस्य आधार घिमिरे, सन्जु तुम्सा, तिलबहादुर केरुङलगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

सम्बन्धित खवर