मुख्यमन्त्री राहत कोषमा १ करोड जम्मा गर्ने, कुम्भ मेलाका लागि ५० लाख रुपैयाँ सहयोग - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

मुख्यमन्त्री राहत कोषमा १ करोड जम्मा गर्ने, कुम्भ मेलाका लागि ५० लाख रुपैयाँ सहयोग


फिपराज बेघा
विराटनगर । मुख्य मन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश नम्बर १ ले प्रदेश नम्बर २ को बारा र पर्साका हुरि आधी पीडितको सहयोगार्थ मुख्यमन्त्री राहत कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको छ ।

चैत २१ गते साझ बसेको बैठकले गाउँ नगर सभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाका पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् । जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गर्ने, बृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने, सार्वजनिक नीति साझेदारी तथा लगानी प्राधिकरण विधेयक २०७५ को तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, प्रदेश प्रहरीको गठन सेवा सर्त र संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । मन्त्री आङ्बोको अनुसार संघसंस्थालाई प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि २०७५ स्वीकृति गर्ने, चैते धान विशेष सहयोग गरिने अनुदान सम्बन्धी कार्यविधि २०७५ स्वीकृत गर्ने पनि निर्णय गरेको छ । प्रदेश शासकीय सुधार एवम सुदृढिकरण सहयोग परियोजना सम्बन्धको साथै दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला व्यवस्थापन मूल समारोह सहयोग समिति गठन गर्ने पनि निर्णय भएको १ नम्बर प्रदेश सरकारले गरेको छ । शनिबारदेखि सुरु भएर कुम्भमेला आगामी बैशाख २४ गतेसम्म चल्नेछ । कुम्भ मेलाका लागि प्रदेश सरकारले चतरामा सम्पर्क कार्यालय नै स्थापना गरेको छ । कुम्भ मेलाका लागि प्रदेश क्याबिनेटले ५० लाख रुपैयाँ सहयोग गरेको छ । आन्तरिक मामिला (गृह) तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीको संयोजकत्वमा संयोजन समिति गठन पनि गरेको छ ।

सम्बन्धित खवर