सामाजिक काममा मिस पथरी शनिश्चरेका स्पर्धीहरु - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

सामाजिक काममा मिस पथरी शनिश्चरेका स्पर्धीहरु


साइनो समचारदाता

पथरी । माउन्ट एभरेष्ट इन्टरटेन्मेन्टको आयोजना जारी पहिलो मिस पथरी शनिश्चरेका स्पर्धीहरुले मंगलबार ट्राफिक सचेतना साथै सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

मानिस बिना वन रहन्न, वन बिना मानिस रहन्न, ‘स्वच्छ वातावरण स्वास्थ्य जीवन’, ‘क्षमता भन्दा बढि यात्री नचढाऔं’, ‘बाटो काट्दा जेब्रा क्रसको प्रयोग गरौं’लगायतका जनचेतनामूलक प्लेकार्ड सहित नगर परिक्रममा गर्दै सरसफाई कार्यक्रम गरेका हुन् । उनीहरुले पथरी नगरमा भएको रक्तदान कार्यक्रममा समेत रक्तदात गरेका थिए । मिस पथरीका विजेताले ताज सहित नगद ७५ हजार रुपैँया, एउटा म्युजिक भिडियोको कन्ट्रयाक्ट र अन्य विभिन्न उपहार रहने आयोजकले बताएको छ । द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले वताएको छ । फोटोजेनिक फेस, उत्कृष्ट व्यक्तित्व, मिस क्याटवक, बेस्ट फिगर, मिस ट्यालेन्ट, पब्लिक चोइज, बेस्ट हेयर स्टायल र बेस्ट स्माइलसहितको ८ बिधामा सहभागी गराई आठै विधामा जनही ७ हजारका दरले पुरस्कृत गरिने बताइएको छ ।

सम्बन्धित खवर