विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार हराएको दुई मोवाइल सम्बन्धित ब्यक्तिहरुलाई बुझाएको छ ।
मोरङ विराटनगर महानगरपालिका २ बस्ने बर्ष ४६ को सुधिर अग्रवाल र सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. ६ का दुर्गा गुरागाईको मोवाइल पनि प्रहरी बुझाएको छ । अग्रवालको गत मंसिर ९ गते र गुरागाईको गत माघ २४ गते हराएको भन्दै प्रहरी कार्यालयमा निबेदन लेखेका थिए ।