नगरमा गुणस्तरीय काम गर्न निर्देशन - Sainokhabar
  • शनिबार, बैशाख २५, २०७८

नगरमा गुणस्तरीय काम गर्न निर्देशन


साइनो समचारदाता

पथरी । जिल्लाको पथरीशनिश्चरे नगरपालिका कार्यालयले योजनाहरुको काम चुस्त दुरुस्त सम्पन्न गर्न सम्वद्ध पक्षलाई निर्देशन दोहोर्याएको छ ।

नगरपालिका उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको टोलीले विभिन्न योजनाहरुको अगुगमन्का क्रममा त्यस्तो निर्देशन दोहोर्याएको हो । अनुगमन् समिति संयोजक वास्तोलाले गुणस्तरीय काम गरेर नगरको विकास गर्न आम नगरवासीको दायित्व भएको हुँदा नगरवासीले पनि आआफ्नो ठाउँमा भइरहेको कामको चासो दिएर हेर्न अनुरोध गरिन् । उनले केही ठाउँको कामको गुणस्तरीयताको परीक्षणका लागि नमूना समेत संकलन गरिएको बताइन् । टोलीले, ३ र ७ को सिमानाको पुल, ९ नम्वरस्थित रिंगुवाको ड्रेन, ७ को किर्तिपुर क्षेत्रका सडक लगायतको पछिल्लो पटक अनुगमन् गरेको छ ।

सम्बन्धित खवर