कबिता: मेरो बोजूको तन्नेरी बिनायो - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

कबिता: मेरो बोजूको तन्नेरी बिनायो


साङ्सेन वारक पन्धाक

सेमेक्वा चरीझै 
पालाम सुसेल्दै सुसेल्दै आइपुगे छ
मेरो नाति लु भुइ सोरी सेवारो गर…
………………………………………
…………………………………………
तर
बाजेको अवसान पछि
मुकुमलुङ बद्लिएर भएको हो त्यो पाथीभरा|
मावरक बद्लिएर भएको हो त्यो राजारानी|
फेदेन बद्लिएर भएको हो त्यो फिदिम|

बिस्तारै बद्लिए
यहाका ठाउँहरु,
बिस्तारै बद्लिए
मुन्धुम फलाक्ने गाउँहरु,
बिस्तारै खोसिए
हाम्रो गाँसबास र कपासहरु,
बिस्तारै दबाएका हुन भुमिपुत्रहरुको इतिहासहरु,
यसरी मेरो बोजूले
बिनायो बजाउदै कथा सुनाउदा
म जोसिएर सधै कल्पनामा फक्ताङलुङ छुन्थे,
यथार्थतमा लडाकु कबि हु्न्थे|

सम्बन्धित खवर