हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु, ५ सय बढी घाइते - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु, ५ सय बढी घाइते


साइनो समचारदाता

पर्सा । प्रदेश नम्बर २ को पश्चिमी दुई जिल्लामा आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण २७ जनाको मृत्यु भएको छ । ५ सय बढी घाइते भएका छन् ।

इँटा भट्टाको चिम्नी लडाएर साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा मनवीय क्षति भएको छ । बाराको सुवर्ण गाउँपालिका ४ मा थे्रटाका १७ जना र पसौर्नीका ६ जनाको मृत्यु भएको छ । पर्साको बीरगञ्ज १२ मा विजुलीको पोल ढल्दा एकको मृत्यु भएको हो ।

पर्सामा एक जनाको मृत्यु भएको छ । राति करिब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण बिद्युतको पोल ढलेको थियो । घाइतेहरुको उद्दार गरेर वीरगञ्ज पुर्याएको छ । नारायण, न्यूरो, गण्डक, वीरगंञ्ज नेसनलक मेडिकल कलेजलगायत अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सानुराम भटटराईका अनुसार भलुही, पुरैनिया परसौन, बिजवनियालगायतका स्थान प्रभावित छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ट्वीटमा भनिएको छ, अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४०० बढी घाइते भएको छ । उद्दारमा गम्भीर हुन र उपचारमा कुनै कमी आउन नदिन निर्देशन गरिएको छ ।’
उनले मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

सम्बन्धित खवर