सरकारले २ सय ४९ अस्पताल स्थापना गर्नेः स्वास्थ्य राज्य मन्त्री यादब - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

सरकारले २ सय ४९ अस्पताल स्थापना गर्नेः स्वास्थ्य राज्य मन्त्री यादब


साइनो समचारदाता

विराटनगर । संघीय स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादबले स्वास्थ्य ऐन खारिज भएर संघीय स्वास्थ्य ऐन पारित भएको छन् । उनले २ सय ४९ वटा हस्पिटल र हेल्थ पोष्ट स्थापना गर्ने बताउँदै उनले स्वास्थ्य चौकीहरुमा एमवीवीएस डाक्टरको दरबन्दी सरकारले व्यवस्था गर्ने बताए । उनले भने, ‘स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरको दरबन्दी व्यवस्था गरेर जनताले डाक्टरबाट आधारभूत सेवा पाउनेछन् ।’ मधेसी स्वास्थ्य फोरम नेपालको प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिबेशनमा बोल्दै मन्त्री यादबले खाइपाई आएको सेवा सुविधाहरु संघीय सरकारले कुनै कटौति नगर्ने बताए ।

‘स्वाभिमान’, ‘समानुपातिनक प्रतिनिधित्व’ ‘पेशागत हक अधिकारको रक्षा’ नारासहित भएको अधिबेशन चैत १६ र १७ गतेसम्म सञ्चालन भएको थियो । अधिबेशनमा २ सय प्रतिनिधि, १ सय पर्यबेक्षक सहभागिता जनाएको स्वास्थ्यकर्मी फोरमका महासचिब कृष्णलाल यादबले जनाए । अधिबेशनको अवसरमा लाइफ गार्ड अस्पताल, हाम्रो अस्पताल, विराट हेल्थ कलेज, विराट आँखा अस्पताल, महादेब फार्मेसी, मनकामना मेडिको, नेशनल इन्स्टीच्युट अफ टेक्नोलोजी, संजिवनी अस्पताल, पशुपति अस्पताललगायत संस्थाहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा संसदीय दलका नेता जयराम यादब, स्वास्थ्यकर्मी फोरमका ३ का संयोजक अरुन कुमार महत्तो, स्वास्थ्यकर्मी फोरमका २ नम्बर प्रदेश संयोजक शिव शंकर यादब, योगेन्द्रलाल यादब, जहदा गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डललगायतले सम्बोधन गरेका थिए ।

अधिबेशनमा साइनो खबर डटकमका प्रधान सम्पादक तथा संघीय प्रेस फोरम नेपालका प्रदेश अध्यक्ष फिपराज बेघा, संघीय प्रेस फोरमका मोरङ अध्यक्ष मुकेश कुमार यादब, मकालु टेलिभिजनका नवीन कर्ण, न्यू सृष्टि दैनिकमा सह सम्पादक ब्रह्मदेब यादब र उद्घोष दैनिकका संवाददाता जितेन्द्र नारायण ठाकुर सम्मान गरिएको थियो । उनीहरुलाई संघीय स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादबले सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । अधिबेशनले स्वास्थ्यकर्मी फोरमको १ नम्बर प्रदेशको अध्यक्षमा हरिशंकर प्रसाद साहलाई चयन गरेको छ ।

सम्बन्धित खवर