पूर्व राजा ज्ञानेन्द्रको भ्रमण, स्वागत योग्य - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

पूर्व राजा ज्ञानेन्द्रको भ्रमण, स्वागत योग्य

सागर केरुङ

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बीरबिक्रम शाहदेवको पान्थर भ्रमणले त्यो दिनको सम्झाना दिलायो । पूर्व राजा ज्ञानेन्द्र २०७५ साल चैत१८ गते आउदैछन् । सन् २०११÷१२ को कुरा हो । आज भन्दा १४ सय बर्ष अगाडिदेखि ‘सुम्हा?लुङ’ भनिदै आएको पान्थरको फेदेनस्थित सुम्हा?लुङ गडीमा राप्रपाका केन्द्रीय नेताहरु लगायतका टिमहरु पुराण लगाउने तयारीमा जुटेका थिए । फेदेनको गणतन्त्र चोक, ठाडो लाइन, आहालगैरी, अस्पताल मोड, काङ्सोरे चोक, क्याम्पस मोड र सुम्हा?लुङमा ‘श्री सिद्दकाली मन्दिर गडीमा हार्दिक स्वागत छ’ लगायतका ब्यानरहरु टागिएका थिए । पङ्क्तीकार म तत्कालिन लिम्बुवान पार्टीको जिल्ला सचिव थिएँ । पहिचानको विषयमामा निकै गम्भीर थिएँ । उसै मलाई उकुसमुकुस भइरहेको थिएँ । मिति ठ्याकै थाहा भएन । समय दिनको ३ बजेतिर हो । फेदेनको सापकोटा पुस्तक पसलमा चन्द्र माङ्मु र म बसिरहेका थियौं । पुराणका प्रमुख, तात्कालिन राप्रपा युवा संघका केन्द्रीय सदस्य मदन पोख्रेल आइपुगे । चन्द्रजीले भन्नु भो, ‘हाउ मदन जी ! सुम्हा?लुङलाई सिद्दकाली बनाउने अधिकार कसले दियो तपाईलाई ?’ मदन बोल्नुभएन । अनि मैले थपें ‘आज भन्दा १४ सय बर्ष अगाडिदेखि यहाँको समुदायले सुम्हा?लुङ भनिरहेको छ । तिमी को हो र सिद्दकाली बनायौ ? जठ्ठा ’मदनले ‘उम् नवम् शिवायम, हरे शिव हरे राम’ भन्दै बाइक स्टार्ट गरेर भागे । आदरणीय मदन दाइलाई सोधे अहिले पनि भन्नुहुन्छ । म यहीं लेखमार्फत् फेरि पनि भन्छु ‘सरी दाइ, तेत्तिबेला परिस्थिति नै तेस्तै थियो ।’ त्यसपछि त्यो पुराण दुई सय मिटर वरतिर शिवालय मन्दिरमा सारे । पुराण सकाएर राप्रपा पार्टीको नेतृत्वमा फेदेन बजारमा र्याली निकाले । ‘हिन्दु राज्य कायम गर ! संघीयता खारेज गर !’ जस्ता नाराहरुसहित निकालेको र्याली लिम्बुवानले प्रतिकार गर्यो । अलिक धेरै धुलाई खानेमा मदन दाइ नै पर्नु भो क्यार !

म तेतिबेला नेपाल सरकार अन्तर्गतको स्थानीय शान्ति समिति पाँचथरको संयोजक थिएँ । म मेरो कार्य कक्षमै थिएँ । मैले काट्ने धम्की दिएको समेत जोडेर अदालतमा मुद्दा हाले । अदालतले म्याद तामिल बुझ्न फलो गरिरहे । मैले वास्ता गरिन । म संगै लाबाहाङ चेम्जोङ र मधु केरुङलाई पनि लगाएको रहेछ । पहिलो संबिधान सभाको अन्त्यपछि २०७० सालमा गर्न खोजिएको संबिधान सभाको वहिष्कार गर्यो लिम्बुवानले । २०७० साल कातिक ७ गते फेदेनबाट संगम खनाल र लाबाहाङ चेम्जोङलाई प्रहरीहरुले गिरफ्तार गरे । हामी त्यो दिनदेखि भूमिगत भयौ । हामीप्रति राज्य अत्यन्तै क्रुर भइसकेको थियो । तोडफोड र बम बारुद्द पड्काए पनि । तेस्तो अमानवीय घटनाबाट समुदायलाई जोगाएरै अघि बढ्यौ । मैले म्याद तामिल नबूझेकोले याङ्नाममा घरको दाइलोमा ठोकीदिएछन । याङनामको चिलिङदेनमा है हिमालयन हाइड्रोको नाममा नेपाली सेना राखेका थिए । तिनै सेनाहरु समेत प्रयोग गरेर मेरो घरमा पटकपटक पठाएको जानकारी पाइरहेको थिएँ । मेरो घरमा ६० बर्षको एक जना आमा मात्र हुनुहुन्थ्यो । भूमिगत जिन्दगी बितिरहेको थियो । मेरा सहयोद्दा मित्रहरुलाई भारी सम्झेको छु । चुनाव सम्पन्न भएपछि मङ्सिर १६ गते घर पुगें । घरमा पुग्दा आमाको आँखाको नानीनै छोपिने गरि सेते पारेर हेर्नु भो, अत्यन्तै रिसाएर । अनि भन्नु भो ‘मलाई खान पनि नदेउ, लाउन पनि नदेउ, तर राम्रोसँग बाच्न त देउ न’ मैले भनें ‘के भो र अनि ?’ अदालतले म्याद दाइलोमा ठोकेको र म भूमिगत हुदा नेपाली सेना र प्रशासनले पटकपटक मानसिक तनाव दिएको कुरा सुनाउनु भो । हुनपनि एकै घरको दुई छोरा प्रशाशनको वान्टेटमा थियौ । म संगै कान्छा भाई मधुराज केरुङ पनि राज्यको आँखामा आतंककारी भैसकेको थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत लिम्बुवान, खम्बुवान, मधेस, थरुहट, तामाङसालिङ, नेवा, मगरात, शेर्पा, तमुवान, खसान र गैरभौगोलिक शिल्पी प्रान्तको निर्माणको अभियानमा लागिरहयौ । सेक्टेम्बर २०१५ मा जिल्ला अदालत पाँचथरको एकल इजलासबाट मुद्दा फैसला भयो । म हारें, तर सुम्हा?लुङ हारेन । मेरो समुदाय हारेन । यसमा अझै गर्व गर्छु । अहिले पूर्वराजा ज्ञानेन्द्र शाह पान्थरको फेदेनस्थित सुम्हा?लुङमा दर्शन गर्न आउने कुराको चर्चा चलिरहेको छ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई हार्दिक स्वागत छ लिम्बुवान पान्थरमा । शाह परिवार र लिम्बुवान माटोको ऐतिहासिक सम्बन्ध छ । विक्रम सम्बत १८३१ साल साउन २२ गते नेपाल अन्तरगत लिम्बुवान स्वायत रहने सर्तमा पृथ्वीनारायण शाह र लिम्बुवानको लालमोहर सन्धिमार्फत् लिम्बुवान नेपालमा गाभियो । यो सन्धिबारे पूर्व राजा ज्ञानेन्द्रले केहि बोल्नु पर्छ । अब रहयो “सुम्हा?लुङमा वैद्दिक विधिद्वारा पुजा ‘वैद्दिक’ को अर्थ नेपाल प्रज्ञा प्रतिष्ठानको डिस्नेरी बमोजिम ‘वेद पढेको र त्यसैबाट आफ्नो जीवन निर्वाह गर्ने व्यक्ति’ भन्ने अर्थ लाग्छ । यस वाक्यांसमा स्वभावैले पनि सागर केरुङ र उनको याक्थुङ समुदाय आशंकित हुने नै भए । अर्को रहस्य के छ भने पूर्व राजा ज्ञानेन्द्रको भ्रमण कार्यक्रम कार्य तालिका अनुसार इलामका विभिन्न देवी स्थलहरुमा, पान्थरको विभिन्न देवी स्थलहरुमा पुजा आराधना गर्ने कार्यक्रम रहेछ । अरु देवी स्थलमा ‘वैद्दिक’ विधिद्वारा किन नगर्ने ? सुम्हा?लुङमा मात्र यो विधिद्वारा गर्नुपर्ने कारण चाहिँ के ? यस्ता यस्ता प्रश्नहरु उठिरहेको छ । फरि पनि मदन दाइले सुरु गर्नुभएको त होइन ? सुम्हा?लुङ नाम नै नस्विकार्नेले किन त्यहाँ पुजा गर्ने ? यसरी एकपटक पुजा गर्दै नाम परिवर्तन गर्ने हो भने धार्मिक पशुपति, दक्षिणकालीहरुको नाम के रहन जाला ? पङ्क्तिकारले सुम्हा?लुङबारे चर्चा गरिरहेको बेला के हो त सुम्हा?लुङ भन्ने जिज्ञासा हुन् सक्छ ।

इशाको छैटौं (५५०–१६०९) शताब्दीमा स्थापित सुम्हा?लुङ पान्थर जिल्लाको फेदेनमा अवस्थित छ । सुम्हा?लुङको पूरा नाम सुम्जिरी सुम्हा?लुङ आम्बेपज? हो । सुम्जिरी मुन्धुमी शब्द हो । जुन सुम्हा?लुङ अघि जोडिएर आउँछ । सुम्हा?लुङ (सुम् ंहा?ंलुङ) को अर्थ तीन ओटा ढुंगा र आम्बेपज? (आम्बेंपज?) को अर्थ आँपको झुरुप्प भन्ने हुन्छ । दश सरदारहरु आठ किरात राजाहरुको अन्याय सहन नसकी सुम्हा?लुङमा भेला भइ तीन ओटा ढुङ्गा गाडेर त्यसको वरिपरि तीनवटै आँप रोपेर पबित्र जलले सिन्चन गरेर तागेरानिङ्वाभु माङसँग प्राथना गरि विजय प्राप्त नगरुन्जेल ती आठ राजाहरुको विरुद्ध लड्न प्रण गरे । यी दस सरदारहरुले विजय प्राप्त पनि गरे । त्यसपछि यहीँ क्षतक्षति पबित्र भूमि सुम्हा?लुङमा पुनः जम्मा भई आफुले जितेको भूमिलाई दश थुममा विभाजन गरि लिम्बुवान राज्य स्थापना गरि ती राज्यहरुका लागि राजाहरु पनि निर्वाचित गरियो ।
आठ राजाहरुः
१, हन्देनहाङ
२, याकेतेतहाङ
३, चेस्वीहाङ
४, लालासो पाङ्बोहाङ
५, खेसिवाहाङ
६, ईकाङ्सोहाङ
७, खादीहाङ
८, ईमेहाङ

दश सरदारहरुः
१, थोसोइङ काङ्लाइहाङ
२, थिङ्दाङ सावारोहाङ
३, थोसोदिङ हाम्लेबा सावारोहाङ
४, थोदिङ ताङ्साक सावारोहाङ
५, योकोदिङ सावारोहाङ
६, मोगुप्लुङमा खाम्बेक सावारोहाङ
७, योक्फोदिङ सावारोहाङ
८, मोगुप्लिङमा लाङ्सोदिङ सावारोहाङ
९, थोफोदिङ इघाङ लाङ्बोहाङ
१०, तोतोलिङ तोइङ्बोहाङ

दश थुमको लागि निर्वाचित १० लिम्बूराजाहरुः
१, साम्लुप्ली साम्बाहाङ (तम्बर थुमका राजा)
२ सिसियेङ सेरिङहाङ (मेवा र मैवा थुमका राजा)
३, थक्थक्सो आङ्बोहाङ (आठराइ थुमका राजा)
४, थिन्दोलुङ खोयाहाङ (याङ्वरक थुमका राजा)
५, यिङासो थाम्लासो पापोहाङ (पान्थर थुमका राजा)
६, येङ्सेङगुम् फेदापहाङ (फेदाप थुमका राजा)
७, मुमताइची इमेहाङ (इलाम थुमका राजा)
८, सोइयाक लादोहाङ (चौविस थुमका राजा)
९, ताप्पेसो पेरुङ्हाङ (तेह्रथुमका राजा)
१०, ताकलुङ खेवाहाङ (छथर थुमका राजा)

उपरोक्त इतिहासलाई नामेट गर्न जुन गतिबिधि भइरहेको छ । यो याक्थुङ समुदायको मात्र होइन । सिङ्गो लिम्बुवानवासीको आपतिको विषय हो । हामीले सुम्हा?लुङमा पुजा आराधना गर्दा सुम्हा?लुङकै तरिकाले गरौं । शिवालायामा शिवालायकै तरिकाले गरौ । पशुपतिमा पशुपतिकै तरिकाले गरौ । यसो गरे हामी एकआपसमा मिलेर बस्न सक्छौं । सुम्हा?लुङमा यस्तो हर्कत गरिए हामीले शिवालय र पशुपतिनाथमा सुँगुरको टाउको चडाएर ‘फाक्सोमा साम्माङ’ अनुष्ठान गर्नुपर्ने हुन्छ । एकपटक गम्भीर भएर सोचौ । यो सांस्कृतिक अतिक्रमणलाई रोकौ । सबैले सहअस्तित्व कायम गरेर अघि बढौ । पशुपतिको जस्तो ‘हिन्दु बाहेक अन्यलाई प्रवेश निषेध’ भनेर उर्दी जारी नगरौ । भगवान हामी सबैको ।
नोगेन ! धन्यवाद !

सम्बन्धित खवर