स्वास्थ्यकर्मीहरुले प्रदेशको नेतृत्व छाने - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

स्वास्थ्यकर्मीहरुले प्रदेशको नेतृत्व छाने


साइनो समचारदाता

विराटनगर । संघीय समाजवादी फोरम नेपाल निकट स्वास्थ्यकर्मीहरुले प्रादेशिक नयाँ नेतृत्व चयन गरेको छन् ।

चैत १६ र १७ गते विराटनगरमा भएको मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको प्रथम अधिबेशनले १ नम्बर प्रदेशको नेतृत्वमा हरिशंकर प्रसाद साहलाई चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा सुरेश कुमार पंडित, मञ्जु यादब, मनोजकुमार यादब, रामनारायण शर्मा, गिरधारी प्रसाद साह, मूख्य सचिबमा शिबनारायण यादब, सचिबद्वयमा अजय मण्डल, रामानन्दप्रसाद गुप्ता र कोषाध्यक्षमा रामअवतार यादब चयन भएका छन् ।

संघीय प्रेस फोरम नेपाल मोरङले आयोजना गरेको पत्रकार सम्मलेनमा मधेसी स्वास्थ्यकर्मी फोरम प्रदेश समितिले हरिनारायण यादब, रविन्द्रकुमार महतो, रेणुका चौधरी, कन्चन ठाकुर र सुरेश महतोलाई सदस्यमा चयन गरेको बताएको छ । नव निर्वाचित अध्यक्ष साहले स्वास्थ्यकर्मीको हितमा संगठन क्रियाशिल हुने बताएका छन् ।
अधिबेशन पार्टीका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा जनसंख्खा राज्य मन्त्री डा.सुरेन्द्रकुमार राय यादबको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।

सम्बन्धित खवर