प्रधानमन्त्री ओलीले भने, ‘युवा पुस्ता राष्ट्र निर्माणमा लाग्नुपर्छ’ (फोटो फिचतसहित) - Sainokhabar
  • शनिबार, जेठ ०१, २०७८

प्रधानमन्त्री ओलीले भने, ‘युवा पुस्ता राष्ट्र निर्माणमा लाग्नुपर्छ’ (फोटो फिचतसहित)

 


साइनो समचारदाता
उर्लाबारी । प्रधानमन्त्री ओली शर्मा ओलीले विकासको बाटोमा लाग्ने जो कोहीलाई जनता र सरकार दिने बताएका छन् । वर्तमान सरकार विकास निर्माण कार्यमा तीव्र गतिका साथ लागि रहेको वताउँदै उनले युवा पुस्तालाई हिम्मतका साथ राष्ट्र निर्माणमा लाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रको विकासमा स्थानीय युवाको महत्वूर्ण भुमिका रहने वताएका छन् ।

भरखरै सकिएको लगानी सम्मेलनले बिकासमा सघाउ पु¥याउँने बताउँदै उनले देश विकासमा सवैको साथ चाहिएको बताएका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मदन भण्डारी विश्व विद्यालय खोल्ने तयारीमा सरकार रहेको बताएका छन् ।

आइतबार मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारी, मोरङको रजत जयन्ती समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो वताएका हुन । उनले इञ्जिनियरिङ कलेज, बाल उद्यान, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गरेका छन् ।

सम्बन्धित खवर