महालक्ष्मी नगर समितिमा तुम्बा - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

महालक्ष्मी नगर समितिमा तुम्बा


साइनो समचारदाता
धनकुटा । संघीय समाजबादी फोरम नेपाल (ससफो, नेपाल) धनकुटाको जिल्लाको महालक्ष्मी नगर समितिको प्रथम अधिबेशन सम्पन्न भएको छ ।
शनिबार भएको अधिबेशनबाट नरेन तुम्बाको अध्यक्षतामा १५ सदस्यीस समिति निर्वाचित भएका छन् । समितिको उपाध्यक्ष पदम बुढाथोकी, सचिब धनेन्द्र थापा, सहसचिब दुर्गा चापागाई, कोषाध्यक्ष विद्या मगर सर्वसम्मत् निर्वाचित भएका छन् । कार्यक्रममा प्रमुख राजनीतिक समिति सदस्य तथा बिदेश बिभाग प्रमुख अर्जुन थापा, लिम्बुवान समिति इन्चार्ज तथा प्रदेश न १ सांसद रामचन्द्र तुम्बा, प्रदेश सचिब केदार धिमाल, जिल्ला सचिब नगेन्द्र देवानलगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित खवर