प्रदेश स्तरिय तेश्रो ढल्के जोवन गोल्ड कप हुने - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

प्रदेश स्तरिय तेश्रो ढल्के जोवन गोल्ड कप हुने

साइनो समचारदाता पथरी / मोरङ्गको सुनबर्सीमा प्रदेश स्तरिय तेश्रो ढल्के जोवन गोल्ड कप आयोजना हुने भएको छ। २ लाख ११ हजार पुरस्कार राशी सहितको प्रतियोगिता प्रदेश १ का १६ टिमहरुको सहभागितामा हुने भएको हो।

अमरदह ढल्के जोवन युवा क्लबको आयोजनामा हुन गइरहेको प्रतियोगितामा प्रथम पुरस्कार २ लाख ११ हजार रहेको छ भने दोश्रो पुरस्कार १ लाख ५१ हजार रहेको आयोजकले आज शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन। प्रतियोगिताको अघिल्लो संस्करणमा पुरस्कार राशी प्रथम र द्दितिय क्रमशः १ लाख १ हजार र ५१ हजार मात्र रहेको थियो। ३० बर्षमाथीका खेलाडीले मात्र सहभागिता जनाउन पाउने भेट्रान प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ , प्रत्येक दिनको मेन अफ द म्याचलाई १५ सय रुपैयाँ सहित ट्रफी प्रदान गरिने आयोजक क्लबका अध्यक्ष प्रताप तामाङ्गले बताए। क्लबका अध्यक्ष तामाङ्ग सुनबर्शी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष समेत रहेका छन। प्रतियोगितामा सहभागी खेलाडीले आफू ३० बर्ष पुगेको र नेपाली भएको प्रमाणित हुने कागज पत्र अनिवार्य पेश गर्नु पर्ने बताइएको छ। नगरको २ लाख , वडाको २ लाख ८० हजार सहित अन्य संघसंस्था , खेलप्रेमी व्यक्तिहरुसँग सहयोग संकलन गरि खेल आयोजना गरिने क्लबका अध्यक्ष तामाङ्गले बताए। प्रतियोगिताका सम्पुर्ण खेलहरु सुनबर्सी २ अमरदहको बिरेन्द्र सार्वजनिक माध्यमिक बिधालयमा आयोजना हुने आयोजकले जानकारी दियो।

सम्बन्धित खवर