बेघासहित पाँच सम्मानीत - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

बेघासहित पाँच सम्मानीत


साइनो समचारदाता
विराटनगर । मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको प्रथम प्रदेश अधिबेशनको अवसरमा साइनो खबर डटकमका प्रधान सम्पादक फिपराज बेघासहित पाँच जना पत्रकारलाई सम्मान गरिएको छ । बेघा संघीय प्रेस फोरम नेपालका प्रदेश अध्यक्ष समेत हुन् ।


चैत १६ गते शनिबार विराटनगरमा भएको अधिबेशनको उद्घाटन सत्रमा बेघा सहित संघीय प्रेस फोरम नेपाल मोरङका अध्यक्ष मुकेश कुमार यादब, मकालु टेलिभिजनका नवीन कर्ण, न्यू सृष्टि दैनिकका सह सम्पादक ब्रह्मदेब यादब र उद्घोष दैनिकका संवाददाता जितेन्द्र नारायण ठाकुर सम्मानीत भएका छन् । उनीहरुलाई संघीय स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादबले सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्बन्धित खवर