विनुमाया राईको अध्यक्षतामा संघीय प्रेश फोरम गठन - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

विनुमाया राईको अध्यक्षतामा संघीय प्रेश फोरम गठन

साइनो समचारदाता
ओखलढुंगा । संघीय प्रेश फोरम नेपाल जिल्ला समिति, ओखलढुंगाका प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विनुमाया राईको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कूलबहादुर तामाङ, सचिवमा चन्द्र व. राई, सहसचिवमा श्याम राई, कोषाध्यक्षमा सविना राई चयन गरेको हो ।

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य जुद्ध ढाक्रेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रेश फोरमका प्रदेश नं. १ का अध्यक्ष फिपराज बेघा लिम्बु, संघीय समाजवादी फोरम, नेपालका वैकल्पीक केन्द्रीय सदस्य नवराज गुरुङ, जिल्ला सचिव प्रकाश तामाङ, होटल व्यवसायी संघ, ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बन्दसत्रमा संघीय प्रेशका जिल्ला अध्यक्ष लाक्पा जी शेर्पाले सांगठनिक प्रतिवेदन, भावि रणनीति पेश गरेको नवनिर्वाचित सचिव तामाङले जानकारी दिए ।

सम्बन्धित खवर