उर्लाबारी फोरममा मातृका धिमाल - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

उर्लाबारी फोरममा मातृका धिमाल

साइनो समचारदाता उर्लाबारी । संघीय समाजवादी फोरम, नेपाल, उर्लाबारी नगर अध्यक्षमा मातृका धिमाल निर्वाचित भएका छन् ।
विहीबार सम्पन्न नगर समितिको प्रथम अधिबेशनले धिमालको अध्यक्षतामा १९ सदस्यीय नया समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष केशरमान राई र साबित्रा याख्खा, सचिव सुर्य माझी, सह सचिव सरोज राई, कोषाध्यक्ष जेनितहाङ लिम्बु निर्वाचित भएका छन् । संघीय समाजवादी फोरम, नेपालका महासचिव रणध्वज कन्दङ्वाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजनीतिक समिती सदस्य तथा लिम्बुवान समिति अध्यक्ष खगेन्द्र माखिम, राजनीतिक समिति सदस्य प्रविण चाम्लिङ, केन्द्रीय सदस्य तथा प्रदेश न १ का सांसद रामचन्द्र तुम्बा, केन्द्रीय सदस्य भुराज राई, केन्द्रीय सदस्य तथा प्रदेश १ का अध्यक्ष भुपेन्द्र नेम्बाङ, केन्द्रीय सदस्य भीम राई, बाङगाई धिमाल, लोकसागर साम्बा, प्रदेश १ उपाध्यक्ष राजकुमार यादव, सचिव केदार धिमाल लगायतको उपस्थिती थियो । रामकुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मातृका धिमालले गरेका थिए ।

सम्बन्धित खवर