‘जनप्रतिनिधिहरूकै मिलेमतोमा कमिशन’ः काँग्रेस - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

‘जनप्रतिनिधिहरूकै मिलेमतोमा कमिशन’ः काँग्रेस

साइनो समचारदाता
पथरी । नगरमा हुने गरेको विकास निर्माणमा जनप्रतिनिधिहरूकै मिलेमतोमा कमिशन हुने गरेको नेपाली कांग्रेस पथरी शनिश्चरेले आरोप लगाएको छ ।


सोमवार नगपालिकाका कार्यकारी अधिकृत सुर्य प्रसाद गौतमलाई ज्ञापनपत्र बुझाउँदै सो आरोप लगाएको हो । नगरले बिकास निर्माण भन्दा खरिद प्रकृयामा बढी चासो दिएको, भवन निर्माण कार्यमा चासो नदिएको, कर्मचारी नियुक्ती प्रकृयामा सेटिङ नमिल्दा प्रकृया ६ महिना सम्म रोकिएकोलगायत अन्य सामाजिक चासोका विषयमा जनप्रतिनिधि र कर्मचारीको संलग्नता रहेको नगरबासीमा महसुस भएकाले नेपाली काङग्रेसले सो बिषयमा चासो देखाएको हो । नगर समिति र अनुगमन उपसमितिले ज्ञापनपत्र बुझाएको ज्ञापन पत्रमा विकास निर्माणमा उपभोक्ता समितिबाट हुने काममा जनप्रतिनिधिहरुले हस्तक्षेप गरि कमिशन लिएर आफू निकटका व्यक्तिहरुलाई दिने गरेको उल्लेख गरेको छ । नगर सभापति टेकबहादुर थापा र अनुगमन उपसमितिको संयोजक धनकुमार तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा कर्मचारी नियुक्त मनोमानी ढंगले हुँदै आएको, फोहोरमैला व्यवस्थापन नभएको, मापदण्ड अनुसार सडक विस्तार हुन नसकेको लगायतका कुरा सो ज्ञापन पत्रमा उल्लेख छ ।


नगरको अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या तत्काल समाधान गर्नुपर्ने, जनप्रतिनिधिहरुको बेवास्थाको कारण नगरको भवन निर्माणको लागि आएको बजेट फिर्ता भएको, सुविधा सम्पन्न भवन निर्माण नभएको, कानून विपरित कर लिएको र न्यायीक समितिले दिँदै आएको निवेदन दस्तुर वापत लिइने सय रुपयाँ रकम खारेजी गरिनुपर्ने माग राखिएको छ । मापदण्ड विपरित हुँदै आएको खोला दोहन बन्द गरिनुपर्ने, शिक्षा, खेलकुद र विकास निर्माणजस्तो क्षेत्रमा हुँदै आएको राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने, नगरपालिकामा दमकलको व्यवस्था गरिनुपर्ने लगायतको माग गरिएको छ ।

सम्बन्धित खवर