कबिताः ३१ औं स्टेसन - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

कबिताः ३१ औं स्टेसन


चेतन डर आङ्थुपो

म जिन्दगीको ३० औं स्टेसनमा आएर
उभिएको छु ।
यहाँ सम्मका यात्राभरि
केही हो जस्तो केही हैन जस्तो
जिन्दगीका धुलमुल
तस्बीर हेर्दैं आउँदा
म सोच्दैँ छु
अब आउने जिन्दगीको ३१ औं स्टेसनमा
पुग्नलाई के नै होला त्यस्तो तस्बीर ?
मलाई थाहा भइसक्यो ।
यहाँ भन्दा उत्ता आउने
जिन्दगीको स्टेसन
झनै झन्झटिलो झनै ग्राहो होला ।
म सोच्दैँ छु,
जिन्दगीको महत्व
हिजो थियोे ।
जतिवेला
म बच्चा थिए
म किशोर थिए
रंगिन सपना थियो ।

बाँकी इच्छा, सपना
त्यति महत्वपूर्ण छ
लाग्दैन्
जति थियो ।
पहिलो स्टेसनसम्म
आज पनि
शुन्य लाग्ने
जीवनको
त्यो स्टेसन पुग्न
एउटा
मृत्यु महत्वपूर्ण देख्छु ।
जहाँ साँच्चै
चिसो र शान्त
समाधि स्टेसन छ

त्यहाबाट सुरु गर्न चाहन्छु ।
म र मेरो जिन्दगीको
३१ औं स्टेसन
त्यो समय
त्यो चेत
विलकुल फरक परिस्थितिमा देखिने छ ।
आज तिमीहरूले
बाँचिरहेका जिन्दगी भन्दा

फरक …..?
–इलाम

सम्बन्धित खवर