आधारभूत पत्रकारिता तालिम सुरू - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

आधारभूत पत्रकारिता तालिम सुरू


साइनो समचारदाता
दमक । झापाको दमक स्थित दमक पत्रकार मञ्चको आयोजनामा ७ दिने आधार भूत पत्रकारिता तालिम सुरू भएको छ ।
उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका दमक नगरपालिकाका प्रमुख रोम नाथ ओलीले देशको चौथो अङ्ग मानिएको पत्रकारितामा जोखिमसँगै अवसर र सम्भावना पनि रहेको बताए ।
तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका सदस्य बिमल लामिछानेले आधारभूत पत्रकारिता तालिमबाट नै पत्रकारितामा सिकाईको अभ्यास प्रारम्भ हुने जिकिर गरे । कार्यक्रममा बोल्दै आदिवासी जनजाति पत्रकार महासंघका सचिव कमन देवानले तालिमलाई अवसरका रूपमा सदुपयोग गरेर व्यवसायिक पत्रकारितामा लाग्न प्रशिक्षार्थीहरुलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा दमक वडा नम्बर ८ का वडा अध्यक्ष पशुपतिराज गौतम, संघीय प्रेस फोरम, नेपालका १ नम्बर प्रदेश अध्यक्ष फिपराज बेघालगायतले शुभकामना व्यक्त गरेका थिए । तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत र अन्य प्रशिक्षार्थी गरी ३० जना सहभगी छन् ।
तालिममा मुख्य प्रशिक्षकको रुपमा यज्ञ शर्मा रहने छ भने डिकेश लामा (नेपाल टेलिभजिनका), दिपिन राई (यलम्बर टाइम्स), बिमल लामिछान (हिमशिखर टेलिभिजन) लगायत अन्य पत्रकारहरुले सहजिकरण गर्ने मञ्चका सचिव देशराज नेम्बाङले बताए ।
दमक नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको आधारभूत पत्रकारिता तालिमको संयोजन कमन देवानले गरेका छन् । तालिम चैत १६ गतेसम्म चल्नेछ ।

सम्बन्धित खवर