कोषबाट क्यान्सर रोगीलाई सहयोग - Sainokhabar
  • सोमबार, बैशाख २७, २०७८

कोषबाट क्यान्सर रोगीलाई सहयोग


साइनो समचारदाता
उर्लाबारी । मोरङको उर्लाबारी २ डुम्रे स्थित न्यानो अभियान नेपाल अन्र्तगत एलिशा धिमाल अक्षय कोषले सोमबार क्यान्सर रोगी नारायणप्रसाद भट्टराईलाई नगद सहयोग गरेको छ ।
अक्षय कोष समितिले निर्णय गरेको रु १० हजार र न्यानो अभियान नेपालका सदस्यबाट २ हजार गरि जम्मा १२ हजार रकम सहयोग गरेको हो । बुवा बिरामी भएर थलिएपछि १७ बर्षीया छोरी अम्बिका भट्टराईले बुवाको उपचार खर्च जुटाउन सिटि सफारी कुदाउँदै आइरहेकी छिन । उपचारका लागि १२ लाख खर्च हुने चिकित्सकले बताएपछि पढाई छोडेर सिटि सफारी कुदाउन थालेकी हुन । उनि कक्षा १२ मा अध्यायनरत रहेकी छिन । सुस्त मनस्थिति भएकी एक बहिनी, एउटा मृगौला निकालेर थलिएकी आमा अनि कलेजोमा समस्या आएपछि थलिएका बुवाको हेरचाह र परिवारको जिम्मेवारी उनले काँधमा लिएर सामाना गरिहेको अवस्था छ । बिहान देखि साँझ सम्म दैनिक हजार रुपैयाँ कहिले काहीं त्यो पनि नहुने अबस्थामा परिवारको खर्च सफारीबाट जुटाउनुपर्ने उनको बाध्यता रहेको अवस्था छ । यस्तो अवस्थामा भएको परिवारमा केही राहत पुगोस् भन्ने मनसायले अक्षयकोषले रकम सहयोग गरेको हो । संथाका अध्यक्ष पुर्ण सिंघक, बरिष्ठ उपाध्यक्ष संजिव बुढाथोकी, महासचिव तेजन खड्का, सदस्य जेन वाइवा, कोषका संयोजक विजय धिमाल, सदस्य शंखर निरौला र संस्थाका शुभ तिन्तक प्रभु राई रहेका थिए । यस अघि उर्लाबारी ८ दुर्गापुरीमा रहेको निम्न परिवार र मोरँग जिल्लाको बुढीगँगा गाउँपालिका वडा नं. २ बस्ने बर्ष ६० श्रवण मण्डल र उनकी ५८ वर्षीया श्रीमती लक्ष्मी देवी मण्डललाई सहयोग गरेको थियो । एलिशाको परिवालाई भने वार्षिक दश हजार दिने माइनोट सहित निर्णय भएको अक्षय कोषका सदस्य शंखर निरौलाले जानकारी दिए । थप्दै यी सहयोग कोषको साँवा नहराउनेगरी व्याजबाट सहयोग गरिने र गरिदै आएको समेत जानकारी गराए ।

सम्बन्धित खवर