चालकको लापरबाहीले बालकको मृत्यु - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

चालकको लापरबाहीले बालकको मृत्यु


साइनो समचारदाता

सुन्दरहरौचा । पूर्वपश्चिम राजमार्ग मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा आईतबार बिहान माइक्रो बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.५ख. ३५४ नम्बरंको हायस माइक्रो बस आफैँ अनियन्त्रित भई सडक किनारको पिपलको रुखमा ठोक्किँदा पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरी, धरान उपमहानगरपालिका बस्ने १३ वर्षिय सबिन मग्राती छन् । माइक्रो बसको ठक्करबाट मक्रान्तीको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए ।

दुर्घटनामा माइक्रो बसका सहचालक मोरङ, उर्लाबारी नगरपालिका बस्ने २२ वर्षिय सचिन परियार गम्भीर घाइते भएकाले उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ । चालक पथरी शनिश्चरे नगरपालिका–९ बस्ने २९ वर्षिय रमेश बस्नेत सामान्य घाइते भएकाले उनको बेलवारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । माइक्रो बसमा चालक र सहचालक मात्र सवार रहेका थिए ।

सम्बन्धित खवर