समावेशी संचार नीति तर्जुमा गर्न माग - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

समावेशी संचार नीति तर्जुमा गर्न माग

साइनो समचारदाता

दमक । संघीय प्रेस फोरम नेपालले संघ, प्रदेश र स्थानीय सरकारद्वारा समावेशी संचार नीति तर्जुमा गर्न लागु गर्न माग गरेको छ ।

शनिवार दमक झापामा संघीय प्रेस फोरमको प्रदेश नम्बर १ को भेलाले सो घोषणा पत्र जारी गर्दै सो माग गरेको हो । तीनै तहको सरकारले समानुपातिक सूचना र विज्ञापन प्रणाली लागू गर्न माग गर्नुपर्ने, सरकारले योजना निर्माण गर्दा प्रक्रियागत रुपमा सूचना प्रबद्र्धनका क्षेत्रलाई विशेष प्राथमिकता साथ समावेश गर्नुपर्ने, नेपाल पत्रकार महासंघको कार्यसमिति पूर्ण समानुपातिक, समावेशी गर्नुपर्ने लगायत ७ बुद्धे घोषणा पत्र जारी गर्दै सो गरिएको हो ।

यस्तो छ घोषणा पत्र
१. संघ, प्रदेश र स्थानीय सरकारद्वारा समावेशी संचार नीति तर्जुमा गरी लागू गरियोस् ।
२. तीनै तहको सरकारले समानुपातिक सूचनारविज्ञापन प्रणाली लागू गरियोस् ।
३. हरेक तहको सरकारले योजना निर्माण गर्दा प्रक्रियागत रुपमा सूचना प्रबद्र्धनका क्षेत्रलाई विशेष प्राथमिकता साथ समावेश गरियोस् ।
४. नेपाल पत्रकार महासंघको कार्यसमिति पूर्ण समानुपातिक, समावेशी बनाइयोस् ।
५. नेपाल पत्रकार महासंघको साधारण सदस्यता वितरणमा हुने विभेद अन्त्य गरियोस् ।
६. श्रमजीवि पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गरियोस् । साथै, श्रमजिवि पत्रकारको पेशागत हकहित, सुरक्षा र संरक्षणमा राज्य पूर्ण रुपमा जिम्मेवारी बनोस् ।
७. पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरियोस् ।

संघीय प्रेस फोरम नेपाल प्रदेश १ को अध्यक्षमा फिपराज वेघा चयन भएका छन् । संघीय प्रेस फोरमको प्रथम ऐतिहासिक भेलाले भेलाले फिपराज वेघाको अध्यक्षतामा १९ सदस्यीय प्रदेश तदर्थ समिति गठन गरेको हो ।

प्रदेश समितिका उपाध्यक्षद्वयमा विना डी तामाङ र राम योङहाङ, मुख्य सचिवमा अजितकुमार धिमाल, सचिवद्वयमा ऋषि राई र सुसन राई तथा कोषाध्यक्षमा मनकुमारी राई चयन भएका छन् । सदस्यहरुमा विनुमाया राई, सूर्य गुरुङ, राम लावती, दिवा चेम्जोङ, सूर्यनारायण यादव, मुकेसकुमार यादव, निमा पोङसुवा, देशराज नेम्वाङ, ज्ञानु केदेम लिम्बु, अशोक गुरुङ, युद्धबहादुर वोहोरा र गुमानसिंह लिङदेन चयन भएका छन् । भेला संघीय प्रेस फोरम नेपालका उपमहासचिव तथा प्रदेश १ का इन्चार्ज कमन देवानको अध्यक्षता तथा संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य प्रविण चाम्लिङको प्रमुख आतिथ्यतामा भएको थियो ।

सम्बन्धित खवर