बनको आगो बस्ती पस्दा दुई घर जल्यो - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

बनको आगो बस्ती पस्दा दुई घर जल्यो


साइनो समचारदाता
तेह्रथुम । जिल्लाको लालीगुरास नगरपालिका वडा नम्बर ६ सुङ्नाममा रहेको सालधारी सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्दा शनिबार दुई घर जलेका छन् ।
जंगलमा लागेको आगो बस्तीमा सल्किदा स्थानीय दुर्गाबहादुर कार्की र शिब खड्कोको घर जलेर नस्ट भएको हो । अगालागीबाट कार्की र खड्काको घर जलेर लाखौको क्षति भएको भए पनि एकिन बिबरण भने आई नसकेको सालधारी सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष रनबहादुर लिम्बुले बताए । उनका अनुसार बिहान ११ बजे देखि लागेको आगो करिब ८ घण्टा पछि नियन्त्रणमा आएको छ । आगलागीबाट करिब ४५ हेक्टर मध्ये ३० हेक्टरको बोट बिरुवा जलेको छ । आगलागी स्थानीयबासीको लामो प्रयास पछि नियन्त्रणमा आएको हो । आगलागी क्षेत्रमा पानीको अभाब भएकाले पनि आगो नियन्त्रण गर्न समस्या भएको थियो । पछिल्लो समय जिल्लाका बिभिन्न सामुदायिक बनमा आगलागीको चपेटामा परे पनि पानी नहुनु र दमकल नपुग्नु मुख्य चुनौतीको रुपमा देखा परेको छ । सुख्खायाम सुरु भए सगै जिल्लामा आगोको प्रकोप उच्च हुने गरेको छ । आगलागी बस्तीमा सल्किदा जनधनको समेत क्षति हुने गरेको छ ।

सम्बन्धित खवर