रा.खे.प. र किरात राई खेलकुद संघलाई प्रतियोगिताको नाममा कहिले सम्म झुकाउने ? - Sainokhabar
  • शनिबार, फागुन २२, २०७७

रा.खे.प. र किरात राई खेलकुद संघलाई प्रतियोगिताको नाममा कहिले सम्म झुकाउने ?

साइनो समचारदाता पथरी / कहिले महिला फुटवल, कहिले भलिवल प्रतियोगिता गराउने भन्दै विभिन्न संस्थाको नाममा विभिन्न संघ संस्थामा सहयोग उठाउदै प्रतियोगिताको नाममा झारो टार्ने गरेको भेटिएको छ ।


पथरी बहुमुखी क्याम्पसकी स्ववियू उपसभापती निता कुलुङ राईले प्रथम मोरङ जिल्ला क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिता नाम सहयोगी संस्थाहरुलाई भुङ्ग्रोमा हालेकी छन । पुर्वी मोरङमा रहेका ६ ओटा बहुमुखी क्याम्पसको सहभागिता हुने भन्दै स्थानिय निकाय र ब्यापारीहरु संग सहयोग लिएकी थिन । तर खेलमा २ वटा क्याम्पस पथरी बहुमुखी र उर्लाबारी बहुमुखी मात्र सामेल भएका थिए भने २ वटा पथरीशनिश्चरेका निजि विध्यालय एभरेष्ट आवासिय बिध्यालय र रेड स्टार बिध्यालयलाई सहभागिता जनाएर खेल समापन गरेकी छन । निजि बिध्यालयका निर्देशकले भने आफुहरुलाई मौखीक जानकारी गराई खेलमा सहभागिता जनाई दिन आग्रह गरेको तर कुन स्तरको खेल हो भनेर स्पष्ट जानकारी नदिएको वताएका छन् । सहभागिताका लागि मात्र आफुहरुलाई उपस्थिीति जनाई दिन आयोजकले अनुरोध गरेकाले आफ्नो विध्यालयको सहभागिता रहेको उनीहरुको भनाई रहेको छ ।
पथरी बहुमुखी क्याम्पसकी अनेरास्ववियूकी बिध्यार्थी नेत्रि राईले पैष १४ देखि १७ संम्म संचालित महिला फुटवलको नाममा समेत राखेपको आँखा छलेकी छन । अनेरास्ववियू र अखिल क्रान्तीकारी पथरी बहुमुखी क्याम्पसको आयोजनामा भएको महिला फुटवलमा राईले न्यू स्टार क्लवको पत्र मिलाएर ७५ हजार निकालेको र हाल सम्म पनि सो रकमको हिसाव नबुझाएका कारण अनेरास्ववियू र अखिल क्रान्तीकारी पथरी बहुमुखी क्याम्पसले हिसाव सावजनिक गर्न सकेको छौन । सोहि फुटवलमा पथरीशनिश्चरे नगर र स्थानिय ब्यापारी संघ संस्थाबाट समेत सहयोग लिएको थियो । यता अनेरास्ववियू र अखिल क्रान्तीकारी पथरी बहुमुखी क्याम्पसले राईका कारणले महिला फुटवल प्रतियोगिताको हिसाव सावजनिक समेत गर्न पाएको छन ।


राईले नगर खेलकुद, राष्ट्रीय खेलकुद परिसद, स्थानिय निकाय, ब्यापारी र संघ सस्थालाई छलेर खेलकुदको नाममा गरिखाने भाडो बनाउदा समेत संम्बधित निकाय मैन बसेको छ ।
खेल सञ्चालनका लागि लाग्ने खर्च मध्ये सहयोगका लागि पथरीशनिश्चरे नगरपालिकामा २५ हजार र रतुवामाई नगरपालिकामा १० हजार रुपैयाको प्रपोजल पेस गरेको किरात राई खेलकुद संघ मोरङ जिल्ला अध्यक्ष निता राईले वताईन् ।
२ क्याम्पस सहभागि जनाएको भलिवल प्रतियोगिताको १ लाख ७० हजार अनुमानित खर्च आँकलन गरिएको छ भने सो प्रतियोगिताको पुरस्कार राशिमा पहिलोलाई १५ हजार र दोस्रोलाई १० हजार घोषण गरिएको छ । प्रतियोगितामा एउटा साउण्ड बक्स र स्थानिय खेलाडीलाई एम्पाएर राखिएको छ जस्मा साउण्डको ६ हजार र स्टेजमा १५ हजार खर्च भएको कुलुङले वताईन ।
फागुन २६ गते आयोजित पत्रकार सम्मेलनमा मोरङका ६ वटा क्याम्पसको सहभागिता रहने आयोजक किरात राई खेलकुद संघ मोरङले जानकारी गराएको थियो भने पथरीशनिश्चरेका २ वटा निजि विध्याललाई खेलमा सहभागी गराई खेल समापन गरेको छ ।
आयोजकले सहयोगी लागि स्थानिय सरकारलाई मोरङ जिल्ला क्याम्पस स्तरिय महिला भलिवल प्रतियोगिता भने पनि अन्त्यमा २ क्याम्पस बिच खेल खेलाई सहयोगी सस्थाहरुको आखाँमा छारो हाल्ने र रकम निकाशा गर्न खोजेको देखीएको छ ।
सम्पन्न भएको सो प्रतियोगितामा सहयोग गर्ने प्रतिवद्धता जनाएका स्थानिय सरकार प्रमुखहरु भने यो खवर सुनेर आश्र्चय चकित परेको वताए । संघले सहयोगका लागि पत्र पठाएका स्थानिय सरकारहरु पथरी शनिश्चरे नगरपालिका र रतुवामाई नगरपालिका प्रमुखले मार्यादा विपरित खेल सञ्चालन भएकोले प्रतियोगीतामा आफूहरुले कुनै प्रकारको सहयोग नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

सम्बन्धित खवर