गौमती सामुदायिकको २ दिने अन्तरक्रिया - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

गौमती सामुदायिकको २ दिने अन्तरक्रिया

         साइनो समचारदाता पथरी/ सिंहदेवी गौमती सामुदायिक वन उपभोक्ता समितीले २ दिने सामुदायिक वन व्यवस्थापन तथा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । मिक्लाजुङ ५ मा रहेको सो वनले उपभोक्तालाई वनको महत्त्व बारे जनचेतना फैलाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको समितीका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए ।

   
७० भन्दा बढि उपभोक्ता भेला पारी वनको महत्व बारेमा जाँते सव डिभिजन वन कार्यलयका सहायक वन अधिकृत दिपेश मिश्रले सहजीकरण गर्नु भएको थियो । प्रशिक्षक मिश्रले वनको प्रकार, महत्त्व र संरक्षणको आवश्यकताको बारेमा चर्चा गरेका थिए । मिश्रले प्रशिक्षणको क्रममा हरितगृह प्रभाव, यसबाट वातावरणमा पर्ने असर र यसको न्यूनीकरण , जलवायु परिवर्तन लगायतका बिषयमा उपभोक्तालाई सहजीकरण गरेका छन । उनले वन्यजन्तु चोरी सिकारी जघन्य अपराध भएकाले यस्तो कार्यलाई निरुत्साहित गर्नु पर्ने उल्लेख गरे ।


कार्यक्रममा सर्प संरक्षण अभियानता तथा बन रक्षक प्रेम बिष्टले सर्प वातावरणको दुश्मन नभै मित्र भएको कारण मार्ने भन्दा पनि संरक्षण गर्नु पर्ने बताए । सर्पको बिषबाट मनग्य आम्दानी गर्न सकिने भएकाले समुदायले मिलेर सर्प पालन गर्न प्रोसाहन गरेका छन । नेपालमा सर्पको डसाई पश्चात् बिषले हुने मृत्यु भन्दा हतोत्साहित भएर हृदयघात जस्ता समस्याबाट मृत्यु हुनेको संख्या बढी भएको तथ्यांक प्रस्तुत गरे । प्रशिक्षणको क्रममा उनले सर्पले डसेमा कसरी सुरक्षीत तवरले संबंधित अस्पताल जाने भन्ने बिषयमा समेत प्रशिक्षण दिएका छन ।
वन जोगाए मात्र हाम्रो जनजिवन रहने भएकाले उपभोक्ता समितीका सदस्यहरुलाई वनको महत्वरका बारेका जानकारी दिनु पर्ने कोषाध्यक्ष खड्ग बहादुर श्रेष्ठ ( लङ्सिङ) ले बताए । गोष्ठी २ दिन सम्म संचालन हुने कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर