‘संविधान पूर्ण छैन्’- मन्त्री आङ्बो - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

‘संविधान पूर्ण छैन्’- मन्त्री आङ्बो

साइनो समचारदाता
राजारानी (धनकुटा)। प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले संविधान आफैमा पूर्ण नभएको बताएका छन् । नेपालको संविधान २०७२ औचित्य र आवश्यकताको आधारमा संशोधन हुने बताएका छन् ।


बुधबार चौबिसे गाउँपालिका राजारानी धनकुटामा किरात याक्थुङ चुम्लुङको २२ औं राष्ट्रिय बैठकको उद्घाटन समारोहमा बोल्दै मन्त्री आङ्बोले सो कुरा बताएका हुन् । एक नम्बर प्रदेशको नाम सकेसम्म सबैको पहिचानलाई समेट्ने खालको नाम राख्न प्रयासमा जुटेको बताउँदै यहि हिउँदे अधिवेशनले नामको टुङ्गो लगाउँने समेत बताए । उनले प्रदेशको नामाङ्कन र राजधानीको विषय आफ्ैमा सहज विषय नभई जटिल भएको समेत उल्लेख गरे ।
एउटै मञ्चमा बोलेका संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष तथा पूर्व मन्त्री रकम चेम्जोङले भने दुई बुँदे सहमति गरेर सरकारमा गएकाले संविधान संशोधन हुँने आशामा बसेको बताए । उनले सरकारमा सहभागी दल भएकाले सरकारले गरेको कतिपय निर्णयमा फरक मत र विमति राख्दै आएको समेत बताए । कार्यक्रममा नेकपाका नेता टिकाराम चेम्जोङ, नेपाली कांग्रेसका हर्कराज चेम्जोङ, संघीय समाजवादी फोरम नेपाल लिम्बुवान समितिका अध्यक्ष खगेन्द्र माखिम, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देन, उत्तमसिंह थाङद्न, कृष्ण सुब्बा लगायले लगायतले पूर्वी नेपालको ऐतिहासिक पहिचानलाई समेट्न एक नम्बर प्रदेशको नाम राख्दा लिम्बुवान राख्नु पर्नेमा जोड दिए ।

सम्बन्धित खवर