११ जना लिम्बुवान स्प्रिङ आन्दोलनका अभियान्ता छुटे - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

११ जना लिम्बुवान स्प्रिङ आन्दोलनका अभियान्ता छुटे


साइनो समचारदाता
राजारानी (धनकुटा) । धनकुटाको राजारानीबाट ११ जना लिम्बुवान स्प्रिङ आन्दोलनका अभियन्ताहरुलाई बुधबार राति पक्राउ परेका छन् ।


किरात याक्थुङ चुम्लुङको २२ राष्ट्रिय चुम्लुङ परिषद्को कार्यक्रमका प्रमुख अथिति प्रदेश नम्मबर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई कालो झण्डा प्रद्धर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । कन्काइ नपा ७ काझापाका ३४ वर्षिय इक्साहाङ चेम्जोङ, भद्रपुर नपा १० का ३५ वर्षिय संगम सुभाङ, बुद्धशान्ति गापा ४ का २४ वर्षियविशाल सावा, बुद्धशान्ति गापा ४ का २६ वर्षिय आदाङ्बे सम्बाहाङ्फे, मइवा खोला गापा ३ ताप्पलेजुङका २९ वर्षिय बुद्ध वालिङ, सिद्धिवा ४ ताप्पलेजुङका २१ वर्षिय मिराक लिम्बु, याङ्वयरक गापा ३ ताप्लेजुङका १९ वर्षिय वलबहादुर इजम, धरान ५ का १९ वर्षिय बुद्धहाङ लिम्बु, धरान ५ का १७ वर्षिय मनिष भुजेल, धरान १९ का १९ वर्षिय सजन याक्खा र वोया नपा १४ भोजपुरका २० वर्षिय सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी निरक्षक मनोज कुमार यादबका अनुसार कार्यक्रम समापन पछि छोडेका हो । लिम्बुवान विरोधी नेताहरुलाई कालो झण्डा देखाउने कार्यक्रम अनुसार लिम्बुवान स्प्रिङ आन्दोलनका अभियन्ताहरुले कालो झण्डा देखाएका थिए । प्रहरीले उनीहरुको साथमा रहेको १८ वटा झण्डासमेत बरामत गरेको थियो ।

सम्बन्धित खवर