क्याम्पसस्तरीय महिला भलिबल प्रतियोगिता हुने - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

क्याम्पसस्तरीय महिला भलिबल प्रतियोगिता हुने

साइनो समचारदाता
पथरी । प्रथम मोरङ जिल्ला क्याम्पसस्तरीय महिला भलिबल प्रतियोगिता फागुन ३० गते हुने भएको छ ।
किरात राई खेलकुद संंघ मोरङको आयोजनामा सुनाखरी मावि पथरी शनिश्चरेको खेल मैदानमा हुने आइतबार संघले पत्रकार सम्मेलन गर्दै बताएको छ । उर्लाबारी बहुमुखी क्याम्पस, लेटाङ बहुमुखी क्याम्पस, पथरी बहुमुखी क्याम्पस, भगवती बहुमुखी क्याम्पस, रमाइलो बहुमुखी क्याम्पस र सुकुना बहुमुखी क्याम्पस प्रतियोगितमा सहभागी हुनेछन् । प्रतियोगिता १ दिनमै सकाउने लक्ष्य आयोजकको रहेको छ ।

सम्बन्धित खवर