महिला दिवसमा चित्रकला प्रतियोगिता - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

महिला दिवसमा चित्रकला प्रतियोगिता


साइनो समचारदाता
पथरी । ‘लैङ्गिक समानताका लागि समान सोच, व्यवहार, समृद्धिको आधार’ नाराको साथ १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
पथरी शनिश्चरे नगरपालिकाको कार्यालयको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । महिला लक्षित कार्यक्रम अन्तर्गत भएको चित्रकला प्रतियोगिता मा नगरका माध्यामिक विद्यालयका विद्यार्थीहरुबीच महिला हिंसा र महिला सशक्तिकरण शिर्षकमा चित्रकला बनाएर प्रद्धर्शन गरेका थिए । २८ सहभागी मध्ये उत्कृष्ठ १० विद्यार्थीलाई पुरस्कृत गरिएको छ । रचना वाचन तथा नृत्य समेत प्रस्तुत गरिएको छ ।

सम्बन्धित खवर