उपाधि वडा नम्बर १ को कब्जामा (फोटो फिचरसहित) - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

उपाधि वडा नम्बर १ को कब्जामा (फोटो फिचरसहित)


साइनो समचारदाता
पथरी । बुद्ध युथ क्लब पथरी शनिश्चरे २ ले आयोजना गरेको चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले चुमेको छ ।


शनिबार पञ्चायत माविको खेल मैदानमा भएको प्रतियोगितामा स्पर्धी वडा ९ लाई पाखा लगाउँदै उपाधि चुमेको हो । पहिलो सेमीफाइनलको विजेता वडा नम्बर ९ र दोस्रो सेमीफाइलनका विजेता वडा नम्बर १ बीच प्रतिस्पर्धात्मक खेल भएको थियो । उस्ले सुन्यको विरुद्ध २ गोल गर्दै ट्रफी उचालेको हो ।


पहिलो हापमा कुनै गोल भएन । दोस्रो हापको १५ औं मिनेटमा साइमन राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । भने २४ औं मिनेटमा सुमन वान्तवाले थप एक गोल गर्दै जितलाई सुनिश्चित गरे । खेलको म्यान अफ द म्याच विजेता साइमन राई घोषित भएका छन् । विजयीले नगद ५१ हजार र ट्रफी प्राप्त गरे । क्लबका अध्यक्ष मदन साम्पाङका अनुसार नगद पुरस्कारको प्रायोजन ब्रिटिस आर्मी ग्रुप युके र सिङ्गापुर पुलिस गु्रपले गरेको छ भने ट्रफिको प्रायोजन बाल्मीकि बोडिङ स्कुल गरेको थियो । यस अघि पनि वडा नम्बर १ ले नै उपाधि उचालेको थियो ।

उपविजेता वडा नम्बर ९ ले ३१ हजार, ट्रफी प्राप्त ग¥यो । उपविजेताको नगद पुरस्कार हङकङमा कार्यरत किरण जबेगु र सिङ्गापुर पुलिसमा कार्यरत प्रदिप जबेगुले प्रायोजन गरेको थियो । पथरी शनिश्चरे २ का पूर्व खेलाडी जबेगुद्वय सहोदर दाजुभाइ हुन् । उपविजेतको ट्रफी रेडस्टार बोडिङले प्रायोजन गरेको छ ।


प्रतियोगिताको बेस्ट गोलकिपर चन्न्र पयाङ्गो(वडा नम्बर १), बेष्ट डिफेन्डर मिन धिमाल  (वडा नम्बर १), बेस्ट मिड फिल्डर साइन राई (वडा नम्बर ९), बेस्ट फरबार्ड सेनेहाङ लिम्बु, सर्बाधिक गोलकर्ता सुमन राई (बडा नम्बर १), उदयमान खेलाडी संदिप मगर (वडा नम्बर २), सर्बोकृष्ट खेलाडी सुमन राई (वडा नम्बर १) घोषित भए । उनीहरु मध्ये सर्बोकृष्ट खेलाडीले ३५ सय र बाकी जनही २५ सय नगर प्रदान गरेको थियो ।

१० टिम सहभागी भएकोे प्रतियोगितामा जम्मा ९ खेल भएको थियो । क्लबले विभिन्न सामाजिक काममा पनि क्रियाशिल हुदै आएको छ । तस्वीरः गोपाल काफ्ले

सम्बन्धित खवर