उपाधि रक्षाको लागि वडा नम्बर १ र ९ आमुन्ने सामुन्ने - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

उपाधि रक्षाको लागि वडा नम्बर १ र ९ आमुन्ने सामुन्ने

वडा नम्बर १ का खेलालीहरु ।

साइनो समचारदाता
पथरी । बुद्ध युथ क्लब पथरी शनिश्चरे २ ले आयोजना गरेको चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार पञ्चायत माविको खेल मैदानमा हुदैछ ।

वडा नम्बर ९ का खेलालीहरु ।

पहिलो सेमीफाइनलको विजेता वडा नम्बर ९ र दास्रो सेमीफाइलनका विजेता वडा नम्बर १ बीच रोमाञ्चक खेल हुदैछ । वडा नम्बर ९ ले ५ सँग स्पर्धा गर्दै हराएको थियो । त्यस अघि वडा नम्बर ९ ले वडा नम्बर ४ लाई, त्यसपछि वडा नम्बर ७ लाई किनारा लगाएको थियो । भने वडा नम्बर १ ले वडा नम्बर वडा नम्बर ८ लाई पछि पाखा लगाएर फाइनलमा पुगेको थियो । त्यस अघि पहिलो खेलमा वडा नम्बर १० लाई दोस्रो खेलमा वडा नम्बर १ लाई पराजित गरेको थियो ।  प्रतियोगितामा वाइ पाएको टिम वडा नम्बर २ र ७ दुबै फाइनल पुगेन । फाइनलमा  वडा नम्बर ९ का खेलालीहरुले वडा नम्बर १ लाई कडा चुनौति दिन अपेक्षा छ ।
१० टिम सहभागी भएकोे प्रतियोगितामा जम्मा ९ खेल हुनेछ । प्रतियोगिताको विजयीले नगद ५१ हजार र ट्रफी प्राप्त गर्नेछन् । क्लबका अध्यक्ष मदन साम्पाङका अनुसार नगद पुरस्कारको प्रायोजन ब्रिटिस आर्मी ग्रुप युके र सिङ्गापुर पुलिस गु्रपले गरेको छ भने ट्रफिको प्रायोजन बाल्मीकि बोडिङ स्कुल गरेको छ । उपविजयीले ३१ हजार, ट्रफी प्राप्त गर्नेछन् । उपविजेताको नगद पुरस्कार हङकङमा कार्यरत किरण जबेगु र सिङ्गापुर पुलिसमा कार्यरत प्रदिप जबेगुले प्रायोजन गरेका छन् । पथरी शनिश्चरे २ का पूर्व खेलाडी जबेगुद्वय सहोदर दाजुभाइ हुन् । उपविजेतको ट्रफी रेडस्टार बोडिङले प्रायोजन गरेको छ । प्रतियोगिताको उत्कृष्ट डिफेन्सल, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरबर्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षकले जनही २५ सय, सर्वोकृष्ट खेलाडीले ३५ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय प्राप्त गर्नेछन् । म्यान अफ द म्याचको पुरस्कारको सौजन्य सिक्का लन्ज एण्ड बारले प्रायोजन गरेको छ ।
आयोजकले ६ लाख १० हजारको अनुमानित लागतमा प्रतियोगिता हुन लागेको हो । क्लबले विभिन्न सामाजिक काममा पनि क्रियाशिल हुदै आएको छ ।

सम्बन्धित खवर